logo

कोरोना कक्षका चिकित्सकको अनुभव,आँगनमा पुगेर कौसीमा हेर्दा सबैको आँखामा आँशु बगिरहेको थियो

      4/22/2020 गते 00 00 मा प्रकाशित     1584   पटक पढिएको

‘छोरोले डाइपर छोडिसक्यो, तर मैले यो उमेरमा डाइपर लगाएर काम गर्नुपर्‍यो,’ आतंक मच्चाइरहेको कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डा. निरज सिंह सुनाउँछन्।

आठ वर्षदेखि स्वास्थ्य क्षेत्रमा खटिएर काम गरेका डा. सिंह यतिबेला कोरोना उपचारको फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन्। यस्तो महामारीको अवस्था आउला भन्ने उनले सोचेका थिएनन्। उनले यो पनि सोचेका थिएनन् बाल्यकालको डाइपर दोहोर्‍याएर पुनः प्रयोग गर्नुपर्ला भनेर।

तर, कोरोना कहरसँगै यतिबेला ‘डाइपर’ उनको बाध्यता बनेको छ।

उनलाई डाइपर लाउन परेकोमा कुनै गुनासो भने छैन। यो संक्रमणको महामारीविरुद्ध जुध्न र मुक्ति पाउन आफूहरू पनि सुरक्षित रहनुपर्ने भएकाले डाइपरै लगाएर भए पनि उपचारमा खटिएको उनी बताउँछन्।

यति ठूलो महामारीसँग पहिलोपटक जुधेका डा. सिंहले हेल्थपोस्टसँग आफ्नो अनुभव साट्दै भने, ‘जीवनको पहिलो अनुभव हो, लाइफमै यस्तो देखिएको थिएन। पिपिई सेट बचाउन डाइपर लगाएर काम गरिरहेको छु।’

सरकारले यतिबेला भनेजति पिपिई सेट स्वास्थ्यकर्मीलाई दिन सकेको छैन। महामारीको बेलामा पिपिई सेट बचाउनकै लागि पनि घन्टौंसम्म उपचारमा खटेको अनुभव उनले सुनाए।

वीरगन्जको ४० डिग्री सेल्सियस घाममा पनि रेनकोट लगाएर संक्रमण नफैलिओस् भनेर बस्ने गरेको उनले बताए।

कोरोना महामारीका बेला कुनै स्वास्थ्य सामग्रीबिना नै काम गर्नुपर्ने अवस्था आउनसक्ने परिस्थितिको ध्यान उनले अहिलेदेखि नै राखेका छन्। कोरोना महामारी फैलँदै जाँदा पर्न सक्ने संकटलाई ध्यानमा राख्दै उनी भन्छन्, ‘सावधानी अपनाउन रेनकोट लगाएर बस्ने गरेको छु,संक्रमित बिरामी हेर्ने बेलामा मात्र पिपिई प्रयोग गर्छु। पिपिई बचाउन जरुरी छ। भोलि महामारी फैलिएमा पिपिईबिना नै उपचार गर्नुपर्ने अवस्था आउँछ।’

पिपिईको बढ्दो दुरुपयोगप्रति डा. सिंह निकै चिन्तित छन्। उनलाई जोकोहीले पनि फोटो खिच्नका लागि यति संवेदनशील स्वास्थ्य सामग्री प्रयोग गरेको मन परेको छैन।

कतिपय स्वास्थ्यकर्मीलाई नै पिपिई प्रयोगबारे थाहा नभएकोमा उनको दुःखेसो छ। उनी मिडियामार्फत् नै पिपिईको मजाक नउडाउन सुझाव दिन्छन्।

‘पिपिईको सदुपयोग कसरी गर्ने अझै स्वास्थ्यकर्मीलाई थाहा छैन। फोटो खिच्न भने पिपिई लगाएका हुन्छन्,’उनी महामारीलाई ध्यानमा राख्दै भन्छन्, ‘पिपिई एकपटक लगाएपछि पुनःप्रयोग गर्न मिल्दैन,ठट्टा नगरौं।’

पर्सा वीरगन्जस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित चारजना बिरामीको उपचार भइरहेको छ। जहाँ डा.सिंहपनि उपचारमा सक्रिय छन्।

उपकरणदेखि जनशक्तिको अवस्थासमेत निकै कम रहेको भन्दै उनले थप जनशक्ति पठाउन सरकारले आश्वासनमात्र दिएको गुनासो गरे।

एक साताको डिउटीपछि क्वारेन्टाइन

उनी एक साताको डिउटी सकेर अहिले क्वारेन्टाइनमा बसिरहेका छन्। संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकहरू क्वारेन्टाइनमा बस्दै काम गरिरहेका छन्।

उनी पनि अस्पतालको रुटिनअनुसार अहिले क्वारेन्टाइनमा छन्।

आश्वासन र गुनासो

कोरोना संक्रमित बिरामीको फ्रन्टलाइनमै बसेर काम गरिरहेका डा. सिंह सरकारको आश्वासन पूरा हुनेमा आशावादी छैनन्।

महामारीको यो घडीमा सरकारले दिने भनेको भेन्टिलेटर पाउने कुरामा शंका मान्दै भन्छन्,‘सरकारले १० वटा भेन्टिलेटरको व्यवस्था गर्छौं त भनेको छ,तर कहिले हो थाहा छैन।’

यसै पनि संक्रमणको उक्त जोखिम मानिने नाकाछेउमा रहेको नारायणी अस्पतालमा स्रोतसाधन निकै कम छ। जसलाई सरकारले कोभिड अस्पतालको लेभल २ मा राखेको छ।

अस्पतालसँग जम्मा दुई भेन्टिलेटर,पाँच नर्मल आइसियु बेड र २० आइसोलेसन बेड रहेको उनले बताए।

महामारीको बेलामा हुनुपर्ने सरकारको उपस्थिति स्वास्थ्य क्षेत्रमा निकै कम भएकोमा उनी चिन्तित छन्। उपकरणदेखि जनशक्तिको अवस्थासमेत निकै कम रहेको भन्दै उनले थप जनशक्ति पठाउन सरकारले आश्वासनमात्र दिएको गुनासो गरे।

हाल मेडिसिन डिपार्टमेन्टमा एमडी गरेका आठजना चिकित्सक कार्यरत छन्।

दैनिक २० देखि ३० जना ज्वरोका बिरामी जाँच गर्न अस्पताल आउने गरेको उनले बताए।

‘आवश्यक परे र्‍यापिड टेस्टबाट परीक्षण हुने गरेको छ। पिसिआर परीक्षणका लागि जनकपुर र हेटौंडा पठाउने गरिएको छ,’ उनले भने। स्वास्थ्य मन्त्रालयबाट पिसिआर परीक्षणमा चाहिने केही सामान आए पनि केही आउन बाँकी रहेको उनले बताए।

‘वैशाख २ मा हाम्रोतिर स्थानीय (जुडसितल) पर्व मनाइन्छ। उक्त पर्वलाई निकै महत्वपूर्ण पनि मानिन्छ। मलाई आमा र श्रीमतीले भेट नगरी नछाड्ने भनेर ढिपी राखे। घरबाट एकपटक भए पनि मुख हेर्ने भनेपछि घर अगाडिसम्म पुगेँ। घरका सबै सदस्यहरूले कौसीबाट मलाई हेर्नुभयो। सबैको आँखामा आँशु बगिरहेको थियो। केहीबेरमै म आफ्नो क्वारेन्टाइनमा फर्किँएँ।’

परिवार,माया र पेसा

कोरोना भाइरसविरुद्ध दिनरात लडिरहेका उनलाई परिवारको खुबै याद आउँछ। तर,आफूले पाएको एक हप्ता पनि क्वारेन्टाइनमा एक्लै बिताउनुपर्ने उनको बाध्यता छ।

‘बाबा कहिले आउनुहुन्छ भनेर घरमा बच्चाहरू रोएर बसेका छन्,’ उनले सुनाए,‘बस्ने होटलदेखि एक किलोमिटरको दुरीमा घर छ,तर पनि घर परिवारको मुख देख्न नपाई उपचारमा खटिरहेको छु।’

चिकित्सक भएर परिवारलाई बुझाउन र उनीहरूको माया लिन कहिलेकाहीँ आफैं टाढा भइदिनुपर्ने यथार्थ सम्झँदै उनी भावुक भए। उनले कुराकानीको क्रममा कोरोना उपचारमा संलग्न भइसकेपछिको घटना सुनाए, ‘वैशाखमा २ मा हाम्रोतिर स्थानीय (जुडसितल) पर्व मनाइन्छ। उक्त पर्वलाई निकै महत्वपूर्ण पनि मानिन्छ। मलाई आमा र श्रीमतीले भेट नगरी नछाड्ने भनेर ढिपी राखे। घरबाट एकपटक भए पनि मुख हेर्ने भनेपछि घर अगाडिसम्म पुगेँ। घरका सबै सदस्यहरूले कौसीबाट मलाई हेर्नुभयो। सबैको आँखामा आँशु बगिरहेको थियो। केहीबेरमै म आफ्नो क्वारेन्टाइनमा फर्किँएँ।’

झन्डै चलचित्रको दृश्यजस्तै लाग्ने घटना उनले हामीलाई छर्लंग सुनाए। आफूनजिकै परिवार हुँदा पनि क्वारेन्टाइनमा क्यान्टिनको खाना खानु पर्दा उनलाई दुःख लागेको छैन।

एक चिकित्सकको नाताले आफ्नो कर्तव्य नभुल्ने बताउँदै उनी भन्छन्,‘आफ्नो कर्तव्य निभाउनुपर्‍यो,पेसाले त घरमा बस्न दिँदैन।’

डा. सिंह सन् २०१२ देखि नारायणी अस्पतालमा कार्यरत छन्। उनले बुबा जागिरको सिलसिलामा मलंगवा बस्ने गरेकाले आफूले माध्यमिक शिक्षा उतैबाट गरेको बताए।

बिरामीसँगको सम्बन्ध

संक्रमित बिरामीसँग सुरूसुरूमा नजिक भएर कुराकानी गर्न निकै गाह्रो हुने गरेको अनुभव उनले सुनाए। बिरामीलाई रोगको बारेमा बुझाउन नसक्दा र नबुझ्दा उनीहरूले गर्ने व्यवहारका कारण हैरानी हुने उनले सम्झिए।

संक्रमित र आशंका गरिएका बिरामीहरू बिस्तारै रोगबारे जानकार हुन थालेको र मानसिकता परिवर्तन हुन थालेको उनले बताए।

‘रोगबारे बुझाएपछि बिरामीहरू आफैं भन्न थाले तपाईंहरू हामीबाट सामाजिक दुरी राख्नुहोस्,’सिंह खुसी हुँदै भन्छन्,‘संक्रमित व्यक्ति धेरै नै खुसी छन्।’

सामान्य डर आफूहरूलाई भए पनि उच्च मनोवलसाथ काम गर्दा डर भागेर जाने उनको बुझाइ छ।

‘चिकित्सकहरूले उपचारको धर्ममात्र निभाएनन्। सामाजिक मानवताको भावनालाई हेरेर काम गरेका छन्। भारतीय संक्रमित नागरिकका कोही कुरुवा छैनन्। स्वास्थ्यकर्मीले नै संक्रमितको सम्पूर्ण व्यवस्था गरिदिएका छन्। चिकित्सकको भूमिका भन्दामाथि उठेर सामाजिक भावनालाई हेरेर काम गरिरहेका छौं,’ उनले भने।

डाक्टरी यात्रा

डा. सिंह सन् २०१२ देखि नारायणी अस्पतालमा कार्यरत छन्। उनले बुबा जागिरको सिलसिलामा मलंगवा बस्ने गरेकाले आफूले माध्यमिक शिक्षा उतैबाट गरेको बताए।

उनले कृष्णदेवी माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए। उनले त्यसपछिको प्लस टु अध्ययन भारतबाट पूरा गरे। सन् २००१ मा बेलारुसबाट एमबिबिएस अध्ययन पूरा गरे भने २०१२ मा नेपाल मेडिकल कलेजबाट एमडी सके।

यहाँसम्मको अवस्थामा आइपुग्ने देन बुवाको रहेको सिंह बताउँछन्। ‘बुझ्ने उमेरबाट नै बुबाले भन्नुहुन्थ्यो,डाक्टर बनेर समाजसेवा गर्नू,’सिंहले भने, ‘बुबाकै कुरालाई आत्मसातगर्दै दिन–रात लागिपरेको छु।’https://www.healthpostnepal.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.