logo

राहतमा राजनीति तथ्यांक कि मिथ्यांक

के.सी.लामिछाने

      4/15/2020 गते 00 00 मा प्रकाशित     1553   पटक पढिएको

सामान्य अर्थमा राहत भनेको त्यो नगद वा जिन्सी हो, जुन प्रदान गरेर दैवी वा प्राकृतिक प्रकोपमा परेका पीडितहरुलाई सान्त्वना पुग्छ र केही सहयोग हुन्छ ।

 

जब बाढी, पहिरो, आँधी–हुरी, आगलागी, भूकम्प, दुर्घटना जस्ता प्रकोपबाट सताइएका तथा पीडामा परेकालाई केही सहयोग वस्त्र, खाद्यान्न, नगद तथा अन्य जिन्सी दिएर तत्कालका लागि सान्त्वना सहयोग गरिनु  नै राहत भनेर बुझिन्छ ।


अहिले बिश्वाब्यापी रुपमा कोरोना भाइरसको संक्रमणको महामारी छ । संक्रमणलाई फैलीन नदिन सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनले नागरिकलाई घरमै बस्दा सुरक्षीत भइन्छ त्यही भएर बारिह ननिस्कौ र अत्यावश्यक अवस्थामा भने सामाजिक दुरी कायम गरौ भन्छ ।

 

लकडाउन सामान्य अवस्था त हुदै होइन । यस्तोमा बन्दब्यापार रोजगार र ब्यवसाय सबै ठप्प हुनु स्वभाविक पनि हो ।   कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु पर्ने अवस्था आए पछि सरकारले त्यस्ता नागरिककोलागि दाल भात तरकारीको जोहो गर्ने फैसला गर्यो र स्थानीय सरकारहरुले त्यसको ब्यवस्थापन गर्दै छन ।

 


तर जताततै राहतका लाइनमा हुदा खाने भन्दा हुने खानेको बाक्लो उपस्थिति देखिएका समाचारहरु संचार माध्यममा आइरहेका छन । हुने खानेहरु राहतको लाइनमा बसेपछि राहत बितरण पनि विवादीत बनेको छ । हातमा आइफोन बोकेका, औँलामा सुनका औंठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले आवश्यकता भन्दा बढी राहत बितरण गर्नु परेको छ । आज देशैभरिका स्थानीय तहको हालत करिव करिव यस्तै छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असाहय र विपन्नलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ। त्यो संगै प्रदेश सरकारले राहत तिरण सम्बन्धी कार्यविधि पनि पठाएको छ । कार्यविधिले तोकेको मापदण्डलाई पालना गर्ने सुझबुझ स्थानीय सरकारका प्रतिनिधिहरुले देखाउन नसक्दा राहतका नाममा हुदा खानेहरु आहत भइरहेका छन । 

 


कार्यविधिले लक्षीत समुहको पहिचानकालागि समिति बनाउने ब्यवस्था गरेको छ । त्यो समितिमा वडाध्यक्ष संयोजक ,राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधि, वडा भित्र पर्ने सामुदायीक बिद्यालयका प्राधानाध्यापकहरु र सुरक्षा निकायका प्रतिनिधहरु सदस्य रहने ब्यवस्था गरेको छ । कार्यविधिमा दैनीक ज्याला मजदुरी गरेर जीवीकापार्जन गर्नेहरुको पहिचान गरि राहत उपलब्ध गराउने कुरा उल्लेख छ । 

 


 दैनीक ज्याला मदुरी गरेर जीवन निर्वाह गर्नेहरुको संकलीत नामावली संचारमाध्यमबाट सार्वजनीक गर्नु पर्ने ब्यवस्था कार्यविधिले गरेको छ ।त्यो नामावली कोरोना भाइरस  संक्रमण रोकथाम उपचार तथ नियन्त्रण कोषको सचिवालयमा पनि पठाउनु पर्छ ।

 

राहत बितरणको सूची जिल्ला ,प्रदेश हुदै केन्द्र सम्म पठाउनु पर्ने ब्यवस्था छ । राहत बितरण स्थलमा समेत  सामाजिक दुरी कायम गर्ने स्यानीटाइजर वा सावुन पानी राख्नु पर्ने भनेको छ  । कार्यविधिले दैनीक ज्यालादारी बाहेक अन्य कुनै आयश्रोत नभएकालाई मात्र राहत दिने भनेको छ । र यो कुराको अनुगमन प्रदेश सभाको सदस्यले गर्ने भनेको छ ।

 

सामाजिक सुरक्षा भत्ता पाउनेहरु ,परिवारका कोही प्रशासनीक सेवामा रहेका ,पेन्सन खाने बन्द ब्यापार संचालन गर्नेहरु राहत पाउनेको सूची भित्र पर्दैनन । अव हेरौ यो ब्यवस्था कार्यक्षेत्रमा कतिको लागू भएको छ  त ? 
बीरगंज महानगरपालिकामा करिव ४४ हजार घर धुरी रहेको छ । राहतकालागि वडाहरुले संकलन गरिएको नामावलीमा ३० हजार घरधुरीले राहत पाउनकालागि फारम भरेका छन ।

 

अव यो कार्यविधिले तोकेको मापदण्ड भित्रको तथ्यांक हो कि मिथ्याकं सहजै बुझ्न सकिन्छ । पटेर्वा सुगौली गाउँपालिकामा ६ हजार धुरी रहेको छ त्याहा ३ हजार घर परिवारले राहत पाउनकालागि नाम लेखाएका छन । यो तथ्य पनि सत्यसंग मेल खादैन । नामावली संकलनकालागि बनेको संयन्त्रमा बसेका मान्छेहरुको बेइमानीका कारण राहत आहत बनेको छ ।

 

जसलाई आवश्यक छ त्यसकोमा राहत पुग्न कठिन छ तर जो आफै केही छिमेकीलाई राहत दिन सक्छ उसकोमा राहत पुगेको छ । संकटमा परेकालाई सहयोग गर्ने सहयोगी हात पुग्नु भन्दा पहिला लुटनेहरु पुग्ने संस्कृतिको बिकासमा हाम्रो समाज अगाडि बढ्न खोज्दै छ । लाभग्राहीको सूची सर्वदलीय समितिबाट यकिन गर्नुपर्छ भन्ने कार्यविधिको मर्मलाई दुरुपयोग गरिएको छ । विभिन्न दलका नेताले आ–आफनो सूची पेस गरेका छन् । जसबाट राहतका लागि नामावली संकलनमै  राजनीति घुसेको छ र त्यसले तथ्याकं होइन मिथ्याकं प्रस्तुत गरेको छ । सर्वदलीय समितिमा बसेकाहरु अहिले परिस्थितिको सम्बेदनशीलता बुझनुको सट्टा आफनो राजनतिक भविष्य सुरक्षीत राख्ने निम्छरो खेलमा लिप्त रहे ।

 

समितिमा बस्नेहरुले, कार्यविधिले तोकेको मापदण्ड पढेनन वा पढेर पनि बुझ पचाए । केन्द्र सरकार  र प्रदेश सरकार संग त दर्जनौ प्रश्न र अनेकौ असन्तुष्टि थिए नै घर आँगनको सरकार पनि त्यो भन्दा फरक देखिएन यो प्रवृतिले आम मान्छेलाई निराश र चिन्तित बनाएको छ ।  

 

एक त हाम्रो समाजमा आडम्बर बढ्दो छ । घरमा एकाध छाक टार्ने संचीती नभएपनि हातमा स्मार्टफोन बोेक्नु पर्ने छ  र शहरीया मनोबिज्ञान चाही असहिष्णु बन्दै गएको छ । हिजो समाजमा असल परम्परा थियो अ‍ैचो पैचोको प्रचलन थियो ।

 

 

अपत र बिपतमा एकले र्कोलाई हेर्ने परपिाटी थियो । सरकारले लकडाउन घोषणा गरेको तेश्रो दिन देखी नै राहत बितरणका काम शुरु भएका थिए । स्थानीय सरकारले बजेटको ठुलो हिस्सा राहत बितरणमा खर्च गरिसकेका छन । सरकारी राहत लिनकालागि लाइनमा हुने खानेको उपस्थितिले भने हुदा खानेहरुको भाग खोसिएको छ ।

 


राहतका लाईनमा श्रममा आधारित श्रमजीवीहरुको भाग खोस्न “शरमजजीवी”हरुको लाइन देख्दा स्थानीय सरकारहरुको काम गर्ने रबैया प्रति पनि दया लागेर आउछ । स्थानीय सरकार नयाँ ब्यवस्था हो । शानस ब्यवस्थाका हिसावले पूर्णतया नयाँ बिषय हो तर त्याहा बिराजमानहरुले त्यसलाई नयाँ रुपमा ग्रहण गर्ने दक्षता देखाउन सकेनन ।

 

माइन्डसेट परिर्वतन नहुदा स्रोत र साधन भएर पनि स्थानीय सरकारहरु नागरिकको भरोसाको केन्द्र बन्न सकेनन । ब्यवस्था परिर्वतन भयो तर प्रवृति परिर्वतन भएन । स्थानीय सरकारहरुले आफनो ठाउको बिकासमा कुनै योगदान दिन सक्ने “हुने बिरुवाको चिल्लो पात” भने जस्तो देखाउन सकेनन । जसले नागरिकलाई प्रमुख केन्द्रमा राखेर काम गर्दैछन त्यस्तालाई उनकै पार्टीबाट खुट्टा तान्ने काम भइरहेको छ ।

 

यो खाले प्रवृतिले बिधि र प्रक्रियालाई रोकेर राजनीतिक अभिष्ट पुरा गर्ने क्षुद्रता प्रर्दशीत गर्ने काम  हुदैछ । यसले समग्र ब्यवस्था प्रति निराशा मात्र पैदा गर्छ ।स्थानीय सरकारहरुले कतिपयले बनाएका पनि होलान तर त्यसले पनि काम गरे जस्तो लाग्दैन ।

 

बिपतको समयमा तथ्यांकसहितको वस्तुगत विवरणले धेरै सहयोग पुग्न सक्छ । तर, अहिले स्थानीय सरकार को गरिब ?  को मजदुर ? को कृषक ? खोज्नमा जन र धनको लगानी गर्दै छ । हाम्रो समाजमा बिपतको बेलामा संकलीत सूचना तथ्यपूर्ण हुन सक्दैन । स्थानीय सरकारले आ आफनो क्षेत्रको बस्तुगत बिवरण (अनुसन्धानमा आधारित प्रोफाइल) बनाएको भए कति कृषक ,कति गरिब,कति मजदुर कति ब्यापारी कति के भन्ने कुराको खोजी गरिहनु पर्ने थिएन । 

 

वर्तमान जनप्रतिनिधि चुनिएर आएका २ वर्षभन्दा बढी भइसक्यो । तर, अपवादबाहेक कुनै पनि पालिकाले आफ्ना नागरिकको एकीकृत तथ्यांकसहितको वस्तुगत विवरण तयार गरेका छैनन् । अव त अवस्था यति बिकसीत भइसकेको छ की केही रकम खर्च गरेर स्थानीय सरकारहरुले आफनो क्षेत्र भित्रका नागरिकको डिजिटल बिवरण राख्न सक्छ । यो कोरोना  भाइरसको संक्रमणको महामारीले सबै स्थानीय सरकारलाई यति चेतना पनि जागृत गराइदिए हुन्थ्यो । 
काहा चुके संचामाध्यम 

राहत बितरणलाई प्रभावित बनाउने काम संचार माध्यमले पनि गरेको छ । संचार माध्यम जसले यो बिषयमा प्रभावकारी भूमिका खेल्न सक्थ्यो उ पनि चुक्यो ।

 

लकडाउनको बिशिष्ट परिस्थितिलाई आफना पाठक स्रोता दर्शकलाई बुझाउने भन्दा पनि नकारात्मकता प्रवाह गर्नमा संचार माध्यमले आफनो बुद्धि बर्कत  स्रोत र साधन प्रयोग गरे जसले गर्दा मान्छेमा राहत प्रतिको आकर्षण  बढायो ।

 

कसैले फोन गर्यो रेडियोले त्यसलाई प्रशारण गर्यो ,नेताले बिज्ञप्ति निकाल्यो संचार जगतले त्यसलाई छाप्यो पाठक स्रोताले यो भन्दा अरु के पाउने  । राहत कसले पाउनु पर्छ ? कार्यविधिले तय गरेको मापदण्डका बारेमा आफना पाठक स्रोतालाई बुझाउने प्रयास नै गरेन ।

 

संचार माध्यम जती बढी सनसनी बनाउन सक्यो त्यही बेस भन्ने तिर लाग्यो । यो अवस्था नागरिकलाई जोगाउने उनीहरुको सहि समस्या सामाधनाको पैरवी गर्ने र सामाजिक जीवनलाई एक अर्कालाई सहयोग गर्न उत्प्रेरित गर्ने बेला हो । यति मात्र गर्न सकेको भए राहतले  नागरिकलाई आहत बनाउदै थियो ।

 

सर्वदलीय सयन्त्रले  संकलन गरेको नामावली तथ्यपूर्ण छ की छैन संचार माध्यमले सवाल गरेको भए त्याहा भएको कैफीयतमा सुधार हुन सक्थ्यो ।

 

प्रदेश सभा सदस्यहरु राहत बितरणको कामको अनुगमनमा गए  की गएनन भनेर सवाल सोधेको भए जनताका प्रतिनिधिको निगरानी र खवरदारीले राहत ठिक ठाउमा पुग्ने वतावरण बन्न सक्थ्यो । यो काममा संचार जगत चुकेको छ । अझै पनि बेला छ आमसंचार माध्यमले लकडाउनको प्रभावकारीताकालागि काम गर्न सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुनसरी दुर्घटना , मृतकको सङ्ख्या पाँच पुग्यो

इनरुवा । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

भूमिहीनलाई जग्गा वितरणको तयारी, ७ दिनभित्र हकदावी पेश गर्न आयोगले निकाल्यो  सूचना

वीरगंज ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग, जिल्ला समिति पर्साले सखुवा प्रसौनी गाउँपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियाबारे ७ दिने  सार्वजनिक सूचना जारी गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.