logo

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

 इसीमाना सम्वाददाता     २०८३ सावन २९ गते ०५: ४३ मा प्रकाशित     201   पटक पढिएको

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

 

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले  ५५ लाख लागतमा सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन गरिएको हो ।

 

 सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले पुर्व विद्यार्थीको सहयोगमा प्राप्त शैक्षिक सामग्री कक्षा ५ सम्मका विद्यार्थीलाई शुक्रबार नै हस्तान्तरण गरेका छन ।

 

सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवारको अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी ५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन , कार्यपालिका सदस्य मेघराज सुनुवार , वडा सदस्यहरु निशा खड्का , लालमुनी देवी , सुनाखरी उपभोक्ता समिति अध्यक्ष भिम बहादुर पाख्रिन , समाजसेवी लेखमान थापा लगायत विभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति थियो ।


 
 यसैबीच ज्ञानवाटिका माविमा अध्ययनरत  कक्षा ५ सम्मका विद्यार्थीले निःशुल्क शिक्षा मात्र होइन , हाउस ड्रेस , कापी कलम , जुत्ता र ब्याग पनि किन्न नपर्ने भएको छ ।

 

सोही विद्यालयका पुर्व विद्यार्थीको सहयोगका कारण विद्यालयका विद्यार्थीहरुले आवश्यक पोसाक र शैक्षिक सामग्री निशुल्क प्राप्त गरेका हुन्। पुर्व विद्यार्थीहरु हाल सायोन थाङ्का उद्योगका प्रोपाईटर बुद्ध शम्सेर योन्जन , हाल अमेरिका निवासी कृष्ण योन्जन , ओमबि स्विमिङ्का प्रोपाईटर विक्रम बोम्जन , मेरिका ट्रेडर्सका प्रोपाईटर मनोज बस्नेत र श्रेष्ठ जनरल स्टोर्सका प्रोपाईटर जीवन श्रेष्ठ लगायतले गरेको ८९ हजार सहयोगबाट विद्यार्थीका निमित्त अत्यावश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

 

पुर्व विद्यार्थीको सहयोगले ज्ञानवाटिकामा अध्ययनरत कक्षा ५ सम्मका ४३ जना भन्दा धेरै विद्यार्थीले एक शैक्षिक सत्रसम्म पुग्ने सामग्री  प्राप्त गरेका हुन्। यस अघि नै सुनाखरी उपभोक्ता समितिले कक्षा ५ सम्मका विद्यार्थीलाई हाउस ड्रेस प्रदान गरेको थियो । समितिले यस अघि नै सो विद्यालयमा ६ दर्जन भन्दा धेरै विद्यार्थीलाई नगद छात्रवृत्ति पनि वितरण गरेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.