logo

रौतहटमा मोटरसाइकल रुखमा ठोक्किँदा दुई जनाको ज्यान गयो

 इसीमाना सम्बाददाता     २०८२ फागुन ३ गते १०: ४६ मा प्रकाशित     282   पटक पढिएको

रौतहट  । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ अन्तर्गत गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी विष्णुप्रदीप बस्यालका अनुसार गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको बिआर ३०यु १३७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।

 

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि गौर प्रादेशिक अस्पताल पठाइएको थियो।

 

उपचारकै क्रममा मोटरसाइकल चालक जितेन्द्र साह र पछाडि सवार यमुनामाई गाउँपालिका–४ सरुअठाकी २२ वर्षीया पुनमदेवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार चालक साहको टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो भने पुनमदेवी साहको पनि टाउको र शरीरका अन्य अंगमा चोट लागेको थियो। दुवै जनालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो।

 

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान

चीनमा पदक जित्ने वीरगंजका तीन तेक्वान्दो खेलाडीलाई महानगरपालिकाको सम्मान
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.