logo

पर्सामा निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि विशेष अनुगमन अधिकृत तोकिए

 इसीमाना सम्वाददाता     २०८२ माघ २५ गते ०३: ४८ मा प्रकाशित     288   पटक पढिएको

वीरगंज ।  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउन पर्सा जिल्लामा निर्वाचन आचारसंहिता अनुगमनका लागि अधिकृतहरू खटाइएको छ।

 

जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको सूचनाअनुसार निर्वाचन ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ को प्रावधानअनुसार दुई जना जिम्मेवार अधिकृतलाई अनुगमन र उजुरी व्यवस्थापनको जिम्मा दिइएको हो।

 

निर्वाचन आचारसंहिता उल्लंघन भए वा हुनसक्ने गतिविधिमाथि निगरानी राख्ने र नागरिकबाट प्राप्त उजुरी संकलन गर्ने जिम्मेवारी सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र प्रहरी निरीक्षक मनोज कुमार जोशीलाई तोकिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

 

आचारसंहिता विपरीत गतिविधि भएको देखिएमा इच्छुक नागरिकले निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ अनुसारको ढाँचामा सम्बन्धित अधिकृत समक्ष उजुरी दर्ता गराउन सक्ने कुरा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको हस्ताक्षरसहित सार्वजनिक सूचनामा उल्लेख छ ।

 

प्रशासनले निर्वाचन प्रक्रियालाई मर्यादित र विश्वासयोग्य बनाउन नागरिकको सक्रिय सहभागिता, सतर्कता र सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.