logo

ब्रह्माकुमारी पाठशालाको लागि समाजसेवी श्रेष्ठ परिवार द्वारा ५० लाख बराबरको जग्गा दान,पूर्व कानूनमन्त्री  श्रेष्ठद्वारा शिलान्यास

 इसीमाना सम्वाददाता     २०८१ फागुन ४ गते ०९: ०४ मा प्रकाशित     697   पटक पढिएको

सिरहा ।  गोलबजार नगरपालिका–७ निवासी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिष्णु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा घडेरी जग्गा ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरेका छन।


पूर्व कानुनमन्त्री श्रेष्ठले  समाज सुधारका लागि दान र सेवाभावको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठ परिवारले गरेको यो दानले समाजमा एउटा सकारात्मक उर्जा थपेको बताए ।


हामीले के लिएर आयौ र के छाडेर जाँदै छौ भन्ने कुराले भोलि  आउने उहाका पुस्ता हरुले गर्व गर्ने सराहनीय कार्य गरेकोमा समाजसेवी श्रेष्ठ परिवार प्रती हार्दिक कृतज्ञता समेत व्यक्त गरे।

शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी डा. राज दादी, तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा यस्तो कार्य महत्वपूर्ण हुने बताए।

 

गोलबजार नगर पालिकाले उहाँहरुले गर्नु भएको यस कार्य नगरले सधै सम्झिने र आफ्नो तर्फबाट र गोलबजार नगर पालिकाको  समेत तर्फबाट जग्गा दाता श्रेष्ठ परिवारलाई धन्यवाद ज्ञापन गरे।


जग्गा दाता समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि जगग्गादान गरेको र आफ्नो  परिवारले यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा मानव सेवा आश्रमहरूका लागि हालसम्म करिब २० करोड मूल्य बराबरको जग्गा दान गरिसकेको समेत स्मरण गराए।

यस क्षेत्रका युवा नेता,समाजसेवी  तथा श्रेष्ठ परिवारका सदस्य ज्ञान कुमार श्रेष्ठले समाजसेवामा आफ्नो परिवारले गरेको यस कार्यले आफू गर्वान्तित भएको महसुस गर्नुका साथै यस क्षेत्रकालागी आफुले सधै सक्दो सहयोग  गरि रहने समेत बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.