logo

ब्रह्माकुमारी पाठशालाको लागि समाजसेवी श्रेष्ठ परिवार द्वारा ५० लाख बराबरको जग्गा दान,पूर्व कानूनमन्त्री  श्रेष्ठद्वारा शिलान्यास

 इसीमाना सम्वाददाता     २०८१ फागुन ४ गते ०९: ०४ मा प्रकाशित     380   पटक पढिएको

सिरहा ।  गोलबजार नगरपालिका–७ निवासी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिष्णु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा घडेरी जग्गा ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरेका छन।


पूर्व कानुनमन्त्री श्रेष्ठले  समाज सुधारका लागि दान र सेवाभावको आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठ परिवारले गरेको यो दानले समाजमा एउटा सकारात्मक उर्जा थपेको बताए ।


हामीले के लिएर आयौ र के छाडेर जाँदै छौ भन्ने कुराले भोलि  आउने उहाका पुस्ता हरुले गर्व गर्ने सराहनीय कार्य गरेकोमा समाजसेवी श्रेष्ठ परिवार प्रती हार्दिक कृतज्ञता समेत व्यक्त गरे।

शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी डा. राज दादी, तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा यस्तो कार्य महत्वपूर्ण हुने बताए।

 

गोलबजार नगर पालिकाले उहाँहरुले गर्नु भएको यस कार्य नगरले सधै सम्झिने र आफ्नो तर्फबाट र गोलबजार नगर पालिकाको  समेत तर्फबाट जग्गा दाता श्रेष्ठ परिवारलाई धन्यवाद ज्ञापन गरे।


जग्गा दाता समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि जगग्गादान गरेको र आफ्नो  परिवारले यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा मानव सेवा आश्रमहरूका लागि हालसम्म करिब २० करोड मूल्य बराबरको जग्गा दान गरिसकेको समेत स्मरण गराए।

यस क्षेत्रका युवा नेता,समाजसेवी  तथा श्रेष्ठ परिवारका सदस्य ज्ञान कुमार श्रेष्ठले समाजसेवामा आफ्नो परिवारले गरेको यस कार्यले आफू गर्वान्तित भएको महसुस गर्नुका साथै यस क्षेत्रकालागी आफुले सधै सक्दो सहयोग  गरि रहने समेत बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.