logo

मानवअधिकार तथा शान्ति समाजद्वारा श्रष्टा सम्मान 

      11/14/2020 गते 00 00 मा प्रकाशित     1061   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २९ कार्तिक । मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाले आज लक्ष्मी प्रसाद देवकोटाको जयन्तीको अवसरमा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको छ । वीरगन्जको होटल कन्ट्री इनमा आयोजना गरिएको कामर्यक्रममा साहित्य श्रष्टा रेणु गुप्तालाई सम्मान गरिएको हो ।

समाजका पर्सा अध्यक्ष  अमर बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं साहित्यकार गणेश लाठले २० हजार नगद र कदर प्रत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लाठले साहित्य सृजनामा लागेका व्यक्तिहरुलाई समाजले गलत तरिकाले व्याख्या गरिदिने गरेको गुनासो गर्दै साहित्य सृजनाले समाजका विभिन्न आयामहरुलाई उजागर गर्ने काम गर्ने बताउनुभयो ।

उहाँले साहित्यको निश्चित सीमा नहुने हुँदा यसले समाजलाई डो¥याउने काम गर्ने बताउनुभयो । कार्यक्रममा सम्मानित हुनुभएकी साहित्यकार रेणु गुप्ताले आपूmले पाएको सम्मानले सहित्यमा लाग्ने थप उर्जा र हौसला प्राप्त भएको बताउनुभयो । समाजको केन्द्रीय कार्यक्रम अनुसार नै आज देशभरको विभिन्न ११ वटा स्थानमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अमर बहादुर गौतमलले जानकारी दिनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव परमानन्द चौधरी, प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे मगर, पत्रकार तथा सहित्य श्रष्टा सञ्जय साह ‘मित्र’ लक्ष्मी साहित्य समाज वीरगन्जका अध्यक्ष महेशचन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मानव अधिकार तथा शान्ति समाज पर्साका सचिव प्रेमचन्द्र पटेलले गर्नुभएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

जीतपुर सीमरा बाणिज्य संघको चुनावः ब्यवसायीहरुको सारथी बन्न बजगाईको स्वतन्त्र उम्मेदवारी

वीरगंज । जीतपुर सीमरा उधोग वाणिज्यसंघ निर्वाचन भोली असार ७ गते हुदैछ ।

उपभोक्ता समितिको बिषयमा बिवाद,पटेलद्वय घाइते प्रहरीमा उजुरी

बीरगंज । वीरगंज महानगरपालिका वडा नं १४ को कार्यालयमा उपभोक्ता समितिको बिषयमा भएको विवादमा अनिल पटेल माथि आक्रमण भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.