logo

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

 ईसिमाना सम्वाददाता     २०८१ बैशाख २२ गते ०९: ०९ मा प्रकाशित     471   पटक पढिएको

निजगढ ।
मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

बाराको निजगढ नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित अन्तरक्रियामा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो ।


राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र टेकु काठमाण्डौंको आर्थिक सहयोग एवं निजगढ नगरपालिकासँगको सहकार्यमा हेल्थ नेपाल मिडियाले पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पाठेघर खस्ने कारण, यसका चरण, उपचार विधि तथा रोकथामका लागि उपनाउन सकिने उपाय साथै पछिल्लो समय देखापरेका जटिल अवस्थाका बारेमा नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जकी बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा.मञ्जु रायले जानकारी गराएकी थिइन् ।


उनले महिलाहरुमा पाठेघर खस्ने समस्या अहिले ठुलो चुनौती बनेको बताउँदै खुलेर समस्या बारे भन्न तथा उपचार गराउन समयमै अस्पताल आउनेको संख्या न्यून हुँदा धेरै महिलाहरु उच्च जोखिममा पर्ने गरेको बताइन् ।


कार्यक्रममा निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन प्रवद्र्धन स्वास्थ्य क्लिनिकबाट महिलाहरु लाभान्वित भएका महिलाहरुको तथ्याँक प्रस्तुत गर्दै क्लिनिकमा हाल सम्म १०९ जना पाठेघर खसेका महिलाहरुले उपचार गराएको क्लिनिककी फोकल पर्सन रामप्यारी तिमल्सिनाले जानकारी गराइन् ।


महिलाहरुको प्रजनन सम्बन्धि सबै प्रकारको उपचार सेवा प्रदान गरिने क्लिनिकमा दुई हजार बढीले लाभ लिएको जानकारी दिंदै उनले पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि अझै यस विषयमा महिलाहरु खुलेर आउने अवस्था नरहेको अनुभव सुनाइन् ।


कार्यक्रममा मकवानपुरका जिल्ला सरकारी वकिल बिष्णु चौधरीले कानुनमा भएको महिला र स्वास्थ्यका हक अधिकार बारे जानकारी गराउँदै तीनै तहका सरकारले कार्यक्रम गरी समस्याको निराकरण गर्नु पर्ने औंल्याइन् । उनले महिला स्वास्थ्य विशेषतः आत्मसम्मानसँग जोडिएको विषय भएकोले गोपनियताको ख्याल गर्दै जनचेतनामूलक सामग्री पस्किएर संचारकर्मिहरुले प्रभावकारी भुमिका निर्वाह गर्न अनुरोध गरिन् ।


बाराका सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा हेल्थ आवाजका कार्यकारी सम्पादक भिसा काफ्लेले सहजिकरण गरेका थिए । कार्यक्रमको समापन गर्दै निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले पालिकाले महिलाहरुको समस्या समाधानमा काम गरी रहेको र आगामी दिनमा समेत काम गर्ने बताउँदै ति कामलाई मिडियामा ल्याएर सहयोग गरिदिन अनुरोध गरिन् ।


उनले महिलाहरुमा पाठेघर खस्ने समस्या अत्यधिक देखिएको विषयलाई जाडेर महिलाहरुको स्वास्थ्य र प्रजनन समस्या निराकरण गर्न केन्द्र सरकारको समेत ध्यान जान जरुरी रहेको बताइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.