logo

पर्सा ट्राफिक प्रहरीको कमाउ धन्दा,सडक बन्यो पार्किङ क्षेत्र

 इसीमाना सम्वाददाता     २०८० चैत २४ गते १३: ४८ मा प्रकाशित     536   पटक पढिएको

बीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा ट्राफिक सचेतना, सवारी साधनको ब्यवस्थापन भन्दा बढी कमाउ धन्दामा लागेको आरोप लागेको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको मुद्रा मोहका कारण यस्तो आरोप लागेको हो । उनले ट्राफिक ब्यवस्थापनकालागि बिभिन्न पोस्टमा ट्राफिक प्रहरी कर्मचारी परिचालन गर्दा नै मासिक रुपमा आर्थिक भेटी बुझाउनु पर्ने ब्यवस्था गरेका छन ।


सुख्खा बन्दरगाहमा रहेको पोष्टमा जाने कमाण्डरले उनलाई दैनीक ७ हजार रुपैया बुझाउनु पर्ने स्रोतले दावी गरेको छ । यस्तै अन्य पोष्टमा खटेका कमाण्डरले खतिवडाले तोके अनुरुपको रकम बुझाउनु पर्छ । सुख्खा बन्दरगाहमा रहेको ट्राफिक प्रहरीले आइसीपीबाट निस्कने भारतीय मालवाहक सवारी र सुख्खा बन्दरगाहबाट निस्कने कन्टेनरसबैसंग रकम असुली गर्दै आएको छ ।

 

भारतीय मालवाहक सवारीका एक चालकका अनुसार ट्राफिकले प्रति गाडी नेपाली ८० रुपैया लिने गरेको छ । पैसा दिन आनाकानी गरेमा रसीद मागेमा गाडीको कागजात नियन्त्रणमा लिने निकै ढिलो गरि फिर्ता दिने गर्दछ । ढिलोसम्म पर्खिदा आफनो धेरै नोक्सान हुने भएकोले बाध्य भएर भारतीय चालकले आफू फिर्ता हुने बेला सम्ममा त्यती रकम तिर्नै पर्ने बाध्यता प्रहरीले सृजना गर्ने गरेको उनीहरुको भनाई छ ।


आइसीपी बाट मात्रै दैनीक पाँच सय भन्दा बढी गाडी निस्कने गर्दछ । त्यती मात्र होइन ओभरलोड बोकेका गाडीहरुलाई पनि ट्राफिक प्रहरीले कारवाहीकोलागि यातायात ब्यवस्था कार्यालय पढाउने र निकै जरिवाना हुने भन्दै तर्साउछन र जरिवाना हुने रकम भन्दा कम रकम लिएर छोडने गरेका छन ।

 

एक जना ओभरलोड मालवाहक ट्रक चालकले ट्राफिकले आफूसंग १५ हजार भारतीय रुपैया माँगेको बताए । औधोगिक करिडर पथलैया सम्म गाडीबाट सार्न नमिल्लने कच्चा पदार्थको हकमा ओभरलोड बोक्ने इजाजत सरकारले दिएको छ । तर त्यो बाहेकका गाडीहरु ओभरलोड भएपनि कमै मात्रालाई कारवाही गरिएको यातायात कार्यालयको तथ्यांकले देखाउछ ।

 

भारतीय गाडीहरुको ब्यवस्थापन गर्ने केबीटी क्मपनीको ओभरलोड गाडीलाई कारवाही नगर्ने शर्तमा गुप्ता थरका एक जना मान्छेसंग सुख्खा बन्दरगाह ट्राफिक प्रहरीले प्रति गाडी मासिक १५ हजार रुपैया लिने गरेको छ । भारतीय मालवाहक गाडीको ब्यवस्थापन हेर्ने (मेठ) जय ठाकुर बाट प्रति गाडी १५ हजार रुपैया लिने गरेको स्रोतले जनाएको छ ।

 

प्रनि खतिवडाले अहिले सुख्खा बन्दरगाहमा अहिले बलराम चौधरीलाई पठाएका छन । प्रहरी नरिक्षीक खतिवडाले पैसा उठाउने आरोपमा सत्यता नभएको बताए । उनले कमजोरी सुधार गर्दै जाने आफनो प्रयास रहेको बताए ।

 

उनले कुनै कमाण्डर वा ट्राफिक प्रहरी कर्मचारीले लुकीछिपी बदमासी गरेको रहेछ भने पनि समाज र प्रहरी मिलेरै सुधार गर्दै जानु पर्ने बिचार ब्यक्त गरे । उनले कमजोरी सुधार गर्ने प्रतिवद्धता समेत जनाए ।


सुख्खा बन्दरगाह सडकलाई मालवाहक गाडीहरुले पार्किङको रुपमा उपभोग गर्दै आइरहेका छन । तर प्रति गाडी पैसा उठाउनबाट फूर्सद नपाएको ट्राफिक प्रहरीले सडक खाली गराउने र सवारी ब्यवस्थापनमा भने ध्यान पुर्याउन नसकेको स्थानीय नागरिकले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.