logo

जिल्लामा अनुगमन समिति जुरमुरायो, कालोबजारी र अखाद्य बस्तुको कारोवार गर्नेलाई दण्डीत गरिने

      9/29/2020 गते 00 00 मा प्रकाशित     1275   पटक पढिएको

जिल्ला अनुगमन समितिको बैठक आज सम्पन्न भएको थियो ।पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला अनुगमन समितिको बैठक सम्पन्न भएको छ ।

 

बैठकले बजार अनुगमन कार्ययोजना तोक्ने सम्बन्धमा र सस्तो बजार तथा बजार मेला महोत्सव आयोजना गर्ने समेत निर्णय गरेको छ ।


हिन्दुहरुको महानपर्व दसै, तिहार र छठ लगायतका चाडपर्वमा खाद्य वस्तु , जनस्वास्थ्य र औंषधीजन्य पर्दाथ , पशु र मासुजन्य पर्दाथ र होटल रेस्टुरेन्टसेवा बस्तु र सेवा प्रवाह गुणत्मक होस भन्ने कुराको सुनिश्चितता गनृकालागि अनुगमन प्रणालीलाई दुरुस्त बनाउने बैठकले निर्णय गरेको छ । 


चाडवाडको बेलामा उपभोग्य म्याद गुज्रीएका बस्तुको बिक्री बितरण बढ्ने तौलमा बेइमानी गर्ने कालोबजारी गर्ने जस्ता गलत क्रियाकलाप हुने भएकोले त्यसलाई नियन्त्रण गर्नकालागि अनुगमनलाई तिब्रता दिने निर्णय भएको छ । 


 चाडपर्वको बेला उपभोक्तालाई सजिलो होस भन्दै घरेलु तथा साना उद्योग कार्यालय पर्सा र बीरगंज उद्योग बाणिज्य संघ पर्साको साझेदारीमा बजार मेला महोत्सव आयोजना र सस्तो बजार मेला आयोजना गर्ने समेत निर्णय गरिएको छ ।


बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख जित बहादुर भन्डारी , गुणस्तर तथा नापतौल कार्यालय बीरगंजका कार्यालय प्रमुख शशि भुषण यादव , उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा , बिरगंज नगर अध्यक्ष अजित कुमार भुजेल , जिल्ला समन्वय समितिका निमित्त प्रमुख छबीरमण  भट्टराई , बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, खाद्य प्रबिधि गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका कार्यालय प्रमुख बिक्की राउत , बीरगंज महानगर पालिकाका खाध प्रबिधि अधिकृत बिपिन कुमार दास र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शन्कर प्रसाद चौधरी लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.