logo

सामाजिक आन्दोलनकी अगुवा राजकर्णीकारको निधन,भोली अत्येष्टी हुने

      9/24/2020 गते 00 00 मा प्रकाशित     1815   पटक पढिएको

क्रेष इन्टरनेशनल स्कूलकी प्रधानाध्यापिका,पाठशाला नेपालको सह सचिव वूमेन स्कील सेन्टरकी संस्थापक ममता राजकर्णीकारको अल्पायुमै निधन भएको छ ।  काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा उहाँको आज दिउसो निधन भएको हो । 

 


कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारकोलागि काठमाण्डो लगिएको थियो । उपचारको क्रममा उहाँ कोरोना भायरसको संक्रमणबाट मुक्त हुनु भएको थियो । तर श्वास प्रश्वासमा समस्या रहेकोले उहाँलाई ग्राण्डी अस्पतालको अति सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । 


यस अघी उहाँकी ममतामयी माता केदारनानी  राजकर्णीकारको निधन भएको थियो । उहाँमा पनि  कोरोजा संक्रमण पुष्टि भएको  थियो । त्यसको केही दिन अगाडि उहाँका भाई बिजय राजकर्णीकारको निधन भएको थियो । राजकर्णीकार बीरगंज जेसीजका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

 

राजकर्णीकार परिवार बीरगंजको ब्यपार ब्यवसाय शिक्षा संगै सामाजिक आन्दोलनमा पनि सहभागि थियो । उहाँहरुको निधनले बीरगंजले असल मान्छे गुमाएको छ । 


राजकर्णीकारको शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा  अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । राजकर्णिकार नेपाल अपाङ सघ पर्सा सहित वीरगञ्जको विभिन्न संघ संस्थामा समेत आबद्ध रहनु भएको थियो  ।

 

यसैवीच पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाले राजकर्णीकारको निधनले बीरगंजेली समाजकालागि अपुरणीय क्षती पुगेको बताउनु भएको छ । उहाँले अल्पायुमै निधन भएकोले आफूहरु मर्माहत भएको बताउनु भएको छ ।

 

एउटै परिवारका लगातार तीन जनाको निधन निकै दुःखद रहेको उहाँले बताउनु भयो । पाठशालाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । दुःख को यो घडीमा मृतआत्मा प्रति इसीमाना परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.