logo

रक्सीमा मात्तिएका बाबुले  छुरा हानेर गरे  छोराको हत्या

      9/15/2020 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

पर्साको पोखरिया नगरपालिका वडा नं ६ सिर्सियामा बुवाले प्रहार गरेको छुराले काट्दा छोराको ज्यान गएको छ ।

बुबाले रक्सी खाएर आएको बिषयमा बाबु छोरामा भनाभन भएको थियो । रक्सीले मात्तिएका बाबुले आफना ३५ वर्षिय छोरा माधव साहलाई छुराले हानेका थिए । छुरा प्रहारका कारण माधव साह रौनीयारको मृत्यु भएको छ । 


छुरा प्रहार गर्ने  ७० बर्षिय बुवा लक्ष्मी साह रौनियारलाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयो  ।

छुरा प्रहारबाट गम्भिर घाइते माधवलाई  उपचारको लागि वीरगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले जानकारी दिनु भयो ।

 

सोमबार सांझ सवा ७ बजे लक्ष्मि साह रौनीयारले छोरा माधवमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाइते उनलाई  पोखरिया अस्पताल लगिएको थियो । पोखरिया अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्ज ल्याउँने क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक सिंहले जानकारी दिनु भयो  ।
क्कु प्रहार गर्ने लक्ष्मिलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको सिंहले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.