logo

पोखरिया नगरपालिकामा दुई महिलाको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न माइती पक्षको माँग

      9/8/2020 गते 00 00 मा प्रकाशित     1118   पटक पढिएको

 पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ र १० मा २ जना महिलाले झूण्डिएर आत्म हत्या गरेका छन । प्रारम्भमा आत्महत्या जस्तै देखिएको भएपनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
    
 वडा नम्बर ९ सेमरवारीमा बस्ने श्याम किसोर प्रसाद तुरहाकी पत्नी २५ वर्षिय पुजा देवीको पंखा झूण्ड्याउने फलामको कलीमा पासो लगाएको अवस्थामा प्रहरीले शव निकालेको स्थानीयले बताएका छन ।

 

 ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंह र सशस्त्र प्रहरी पोखरियाका प्रहरी निरिक्षक हरित बढुवालको टोली घटनास्थल पुगेर मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागि बीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ ।


पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर टाडी माइत भएकी पूजाका माइतीले भने पूजाको कर्तब्य गरि हत्या गरिएको आशंका गर्दै अनुसन्धानको माँग गरेका छन । पूजाका  भार्ई सुमेश साहले दिदीले ३  बजेर ४५ मिनेट जादा घरमा कुरा गरेको बताउनु भयो ।

 

दिदीले त्यतीबेला आफूलाई कुटपीट भएको बताएको सुमेशले बताउनु भयो । ४ बजेर ३० मिनेट जादा अर्को फोनबाट दिदी नरहेको खवर आएको उहाँले बताउनु भयो । घर सधै यातना दिने गरेको दिदीले बताउने गरेको उहाँले बताउनु भयो । उहाँले  दिदीले आत्महत्या गरेको नभई हत्या भएको भन्दै उहाँले अनुसन्धान गर्न माँग गर्नु भएको छ । 

 

 पोखरिया नगरपालीका वडा नम्बर १० मा बस्ने निरन्जन पटेलकी पत्नी ३५ वर्षिय बिदान्ती देवीको झूण्डिएको अवस्थामा शव फेला परेको छ। घटनाको खबर सुन्ने बित्तिकै घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोली पुगी मुचुलका गरि शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पताल बीरगन्ज पठाईएको थियो ।

वडा नम्बर ९ र वडा नम्बर १० दुईवटै घटनाको बारेमा अनुुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.