logo

उपभोक्ता हित संरक्षणमंचको पहलमा बिपन्न बर्गलाई खाद्य सामाग्री बितरण

      9/7/2020 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर कमिटीले बिपन्न परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
कोभिड (१९)   भाईरसको महामारीलाई रोकथाम र नियन्त्रण गर्नकालागि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ ।  निषेधाज्ञाकालमा रोजगारीहरु बन्द छन । रोजगार नभएका कारण समस्यामा परेका बिपन्न श्रमजीवी ब्यक्तिहरुलाई मंचले राहत सामाग्री उपलब्ध गराएको मंचका अध्यक्ष अजित भूजेलले बताउनु भयो । 


बीरगंज महानगरपालिकाको वडा नं २ मा रहेर हाल बैदेशीक रोजगारीमा रहनु भएका ब्यक्तिले उपलब्ध गारउनु भएको रकमले राहत समाग्री उपलबध गराईको हो ।

 

बैदेशीक रोजगारीको क्रममा कतारमा रहनु भएका ब्यक्तिले राहत उपलब्ध गराउनकालागि अतिरिक्त समय काम गरेर आर्जन गर्नु भएको रकम पठाउनु भएको हो । 


उहाँले उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीलाई राहत बितरणकोलागि आग्ह गर्नु भएको थियो । उहाँको आग्रह बमोजीमनै उपभोक्ता हित संरक्षण मञ्च बीरगंजका अध्यक्ष अजित कुमार भुजेलको नेतृत्वमा गएको टोलिले आज छपकैया, बिर्ता , रानिघाट , मुर्ली श्रीपुर एरिमा रहेका अति बिपन्न , दैनिक ज्यालादारी गरि जीवन पाल्ने मजदुर बर्गलाई राहत बितरण गर्नु भएको थियो । 


खाद्य सामाग्रीमा १० केजी चामल,१ केजी दाल,१ लिटर तेल,५ सय ग्राम सोयाबीन, १ केजी आयो नून रहेको अध्यक्ष भूजेलले बताउनु भयो । 

खाद्यान्न सामाग्री बितरण कार्यमा उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर कमिटीका कोषाध्यक्ष संतोषमान रन्जितकार , सदस्य मन्सुर खान , प्रहार डेलि डट कमका राहुल गुप्ता र न्युज २४ का जाकिर हुसेन लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.