logo

इप्रका पटेर्वाको भब्य आयोजना, बा¥ह महिला सहित तीन सयले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८० मंसिर ९ गते ०९: ४१ मा प्रकाशित     610   पटक पढिएको

बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पथरैयामा रहेको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा १२ महिला सहित ३ सय जनाले रक्तादन गरेका छन ।

May be an image of 7 people, people smiling and text

रक्तदान प्रति त्यती धेरै सकारात्मक धाराणा नभएको पर्साको ग्रामीण क्षेत्रमा महिलाको समेत सहभागितामा ठुलो संख्यामा रक्तदान भएको छ । रक्तदानले जीवन जोगाउछ भन्ने सन्देश स्थापित गर्न रक्तादान कार्यक्रम सफल भएको प्रहरी नीरिक्षक आर. आर. केशरीको अनुभव छ ।

 

रक्तदान कार्यक्रमको आयोजना गर्दा भब्यरुपमा सफल बनाउने गरि योजना बनाएको स्मरण गर्दै उनले भने सबै क्षेत्रको सहभागिता र सहयोगले सन्देशमुलक र सार्थक रुपमा रक्तादान कार्यक्रम भएको उनले बताए ।

May be an image of 5 people

रक्तदाताहरुमा रक्तदान गर्ने इच्छा यो कार्यक्रमले बढाएको उनको भनाई छ । बिभिन्न समयमा गाउँमै रक्तादान कार्यक्रमको आयोजना गर्ने र गर्नकालागि उत्प्रेरित गर्दै आएका पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का अध्यक्ष बिजय गैरेले कुशल आयोजनाका कारण रक्तादाताहरु रक्तदान गर्न प्रेरित भएको बताए ।

May be an image of 5 people, dais and text

उनले ग्रामीण क्षेत्रलाई अज्ञानी, बिचार ,बिज्ञान र प्रविधिको पहुच भन्दा टाढा रहेका , गाउँले भनेर तर्क गर्नेहरुकालागि गाउँपानि समानान्तर रुपमा शहर जतिकै सोच बिचारमा अगाडि बढदै छ भन्ने सन्देश दिन कार्यक्रम सफल रहेको उनको टिप्पणी छ ।

May be an image of 7 people, people smiling, dais and text
कार्यक्रममा शिक्षक ,युवा बिद्यार्थी अन्य पेशागत तप्काका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि पर्साका प्रहरी प्रमुख कोमल शाहले प्रहरीले जनताको हितमा काम गर्दै आएको र त्यही भूमिका निर्वाह गरेको बताए ।

May be an image of 7 people, dais and text

उनले इलाका प्रहरी कार्यालयको भब्य आयोजना र नागरिकसंगको सहकार्यकालागि प्रशंसा गरे । कार्यक्रममा महत्त्वपूर्ण सहयोग गरेको भन्दै पत्रकार प्रमोद यादव,चीरन्जीवी यादव, मोतीलाल चौधरी लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानिय राजिनितिककर्मी, समाजसेवी,अगुवा पत्रकार एवं जनप्रतिनिधिहरुको सेमत सहभागीता रहेको थियो ।

May be an image of 15 people, dais, hospital and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.