logo

इप्रका पटेर्वाको भब्य आयोजना, बा¥ह महिला सहित तीन सयले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८० मंसिर ९ गते ०९: ४१ मा प्रकाशित     497   पटक पढिएको

बीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पथरैयामा रहेको कार्यालय परिसरमा आयोजना गरिएको रक्तदानमा १२ महिला सहित ३ सय जनाले रक्तादन गरेका छन ।

May be an image of 7 people, people smiling and text

रक्तदान प्रति त्यती धेरै सकारात्मक धाराणा नभएको पर्साको ग्रामीण क्षेत्रमा महिलाको समेत सहभागितामा ठुलो संख्यामा रक्तदान भएको छ । रक्तदानले जीवन जोगाउछ भन्ने सन्देश स्थापित गर्न रक्तादान कार्यक्रम सफल भएको प्रहरी नीरिक्षक आर. आर. केशरीको अनुभव छ ।

 

रक्तदान कार्यक्रमको आयोजना गर्दा भब्यरुपमा सफल बनाउने गरि योजना बनाएको स्मरण गर्दै उनले भने सबै क्षेत्रको सहभागिता र सहयोगले सन्देशमुलक र सार्थक रुपमा रक्तादान कार्यक्रम भएको उनले बताए ।

May be an image of 5 people

रक्तदाताहरुमा रक्तदान गर्ने इच्छा यो कार्यक्रमले बढाएको उनको भनाई छ । बिभिन्न समयमा गाउँमै रक्तादान कार्यक्रमको आयोजना गर्ने र गर्नकालागि उत्प्रेरित गर्दै आएका पटेर्वा सुगौली गाउँपालिका वडा नं २ का अध्यक्ष बिजय गैरेले कुशल आयोजनाका कारण रक्तादाताहरु रक्तदान गर्न प्रेरित भएको बताए ।

May be an image of 5 people, dais and text

उनले ग्रामीण क्षेत्रलाई अज्ञानी, बिचार ,बिज्ञान र प्रविधिको पहुच भन्दा टाढा रहेका , गाउँले भनेर तर्क गर्नेहरुकालागि गाउँपानि समानान्तर रुपमा शहर जतिकै सोच बिचारमा अगाडि बढदै छ भन्ने सन्देश दिन कार्यक्रम सफल रहेको उनको टिप्पणी छ ।

May be an image of 7 people, people smiling, dais and text
कार्यक्रममा शिक्षक ,युवा बिद्यार्थी अन्य पेशागत तप्काका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि पर्साका प्रहरी प्रमुख कोमल शाहले प्रहरीले जनताको हितमा काम गर्दै आएको र त्यही भूमिका निर्वाह गरेको बताए ।

May be an image of 7 people, dais and text

उनले इलाका प्रहरी कार्यालयको भब्य आयोजना र नागरिकसंगको सहकार्यकालागि प्रशंसा गरे । कार्यक्रममा महत्त्वपूर्ण सहयोग गरेको भन्दै पत्रकार प्रमोद यादव,चीरन्जीवी यादव, मोतीलाल चौधरी लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानिय राजिनितिककर्मी, समाजसेवी,अगुवा पत्रकार एवं जनप्रतिनिधिहरुको सेमत सहभागीता रहेको थियो ।

May be an image of 15 people, dais, hospital and text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.