logo

बीरगंजका प्रतिष्ठित साहित्यकार लाठको अघटित चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कारद्वारा पुरस्कृत 

      8/12/2020 गते 00 00 मा प्रकाशित     1153   पटक पढिएको

बीरगंजका प्रतिष्ठित युवा उधोगपती एवं अख्यानकार गणेश लाठलाई चितवन साहित्य परिषदले पुरस्कृत गर्ने घोषणा गरेको छ । चितवनका प्रसीद्ध सािहत्यका एवं शिक्षाविद्व  राजकृष्ण कडेलको स्मृतिमा उहाँको परिवारले परिषदले बितरण गर्ने गरि पुरसकार स्थापना गरेको छ । 

चितवन साहित्य परिषद्ले स्थापना गरेको ‘चिसाप राजकृष्ण कँडेल साहित्य पुरस्कार २०७६’ आख्यानकार  गणेशप्रसाद लाठ र बसन्त पराजुलीलाई लाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’ र चितवनका कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’   लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जनाएको छ । परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा परिषद्ले वितरण गर्नेगरी स्थापना गरिएको उक्त पुरस्कारको राशि रु १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाएको छ ।

परिषदका अध्यक्ष सुरेन्द्र अस्फलको अध्यक्षतामा परिषद् भवनमा बुधबार साँझ बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’ , सुमन सौरभको लघुकथासङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूक‍ो ‘मेरो घाम’ लाई अर्पण गरिएको थियो ।

उक्त पुरस्कार मोती जयन्तीमा प्रदान गरिने नियमित कार्यक्रम भए पनि कोरना महामारीका कारण अहिले पुरस्कार घोषणा मात्र गरिएको र अवस्था अनुकूल हुनेबित्तिकै विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिेने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.