logo

कोरोना संक्रमणबाट पर्सामा २२ को मृत्यु २ सय ४३ निको,३ सय २५ होम आइसोलेशनमा,४ सय ४३ आइसोलेशनमा

      8/12/2020 गते 00 00 मा प्रकाशित     1528   पटक पढिएको

साउन २८ गते सम्म पर्सा जिल्लामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्य १५ जना भारतीय नागरिक रहेका छन ।

 

संक्रमीत हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा , २० जना अस्पताल सफाइकर्मी पनि रहेका छन । 


अहिले सम्म  कोभिड १९ को कारण १९ जनाको मृत्यु भएको छ । १ जना भारतीय एक जना बेवारिशे  बाराका २  रौतहटका १ उक जना रहेका छन ।

 

बारा र रौतहटका समेत गरि पर्सामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।    मृतकहरू अधिकांश दीर्घ रोगी एव्ं अन्य  कुनै स्वास्थ्य समस्या भएका देखिन्छन् ।

 

कतिपय मृत्यु भइसकेपछि कोभिड पुष्टि भएका छन् भने कतिपय अन्य उपचारको लागि अस्पताल डुलाउँदा डुलाउँदा मृत्यु भएका हुन । पर्सामा १४ हजार ८ सय ३४ जनाको कोरोना भाइरसको संक्रमणको पिसीआर परिक्षण भएको छ । 


संक्रमीतहरु मध्य बीरगंज हेल्थ केयर कोभिड अस्पतालमा १ सय २ पुरुष र १९ महिलालाई भर्ना गरिएको छ । त्यसतै गण्डक कोभिड अस्पतालमा  १० महिला सहित ६५ जना रहेका छन ।

 

रानीखोरी सामुदायिक आइसोलेशन सेन्टरमा ३४ ,राणी सती धर्मशालामा ४१,बीरगंज सिद्धार्थ स्कूलमा ३२ ,बीरगंज कारागारमा ३८ ,अन्य आइसोलेशनमा ९४ र होम आइसोलेशनमा ३ सय २५ जना रहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


कोरोना संक्रमीत ३ सय २५ जना होम आइसोलेशनका नाममा आइसोलेशन भन्दा बाहिर रहनु नै पर्साकोलागि कोरोना संक्रमणलाई नियन्त्रण गर्ने चुनौती बनेको छ ।

 

होम आइसोलेशनको मापदण्ड पालना भए नभएको बारेमा अनुगमन हुन सकेको छैन । संक्रमीतहरुले पसल संचालन गरेको हाट बजारमा निस्किएको जस्ता कुराहरु सामाजिक संजालमा पोष्ट भइरहेका छन । यस्तो अवस्थामा थप आइसोलेशन वार्डको निर्माण आवश्यक रहेको छ । 


पर्सामा कोरोना भाइरसबाट  संक्रमीतहरु मध्य  १ सय ९८  पुरुष र ४३  महिला गरि २ सय ४३ जना निको भएर घर फकिएका छन । पर्साका १ हजार २ सय ४५ क्वारेन्टिन बेड संख्या रहेकोमा अहिले पनि १ सय २ पुरुष र ३७ महिला  गरि १ सय ३९ जना क्वारेन्टिनमा रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.