logo

रिपोर्टको प्रतिक्षामा बस्नेहरु अक्रोशित हुनु पर्ने प्रादेशीक प्रयोगशालाका कथा उस्तै

      8/12/2020 गते 00 00 मा प्रकाशित     1142   पटक पढिएको

परिक्षणकालागि स्वाब पठाएको पाँच दिन भयो रिपोर्ट आएको छैन ,स्वाब दिएकाहरु आक्रोशित भएका छन स्वाब दिनेहरुलाई सम्झाई बुझाई गरे पनि प्रदेशीक प्रयोगशालाले कुनै सुनवाई नगरेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सूर्यनारायण चौधरीले बताउनु भयो । 

 


एकजना वडाध्यक्षसहित चार जना कोरोना संक्रमितको कन्ट्रयाक  ट्रेसिङका आधारमा नगरपालिकाले गत शनिवार ६१ जनाको स्वाब लिएर परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर पठाएको थियो । तर आज सम्म पनि रिपोर्ट नआएको हो । आज भोली भन्दै आएको प्रयोगशालाले अव १७ सय स्वाब परिक्षण पछि मात्र लालबन्दीको पालो आउने  जवाफ दिएको चौधरीले बताउनु भयो । 

 

कुरा प्रादेशीक प्रयोगशालाको मात्र होइन बागमती प्रदेशेको राजधानीमा रहेको प्रयोगशालको चाला पनि उस्तै रहेको छ ।  लालबन्दीबाटै सोमबार हेटौंडास्थित बाग्मती प्रदेश सरकारले  कीटजन्य रोग अनुसन्धान केन्द्रमा सञ्चालन गरेको ल्याबमा स्वाब पठाइएको १२३ जनाको पनि अझै रिपोर्ट आउन सकेको छैन् ।

 

हेटौंडा ल्याबले पनि दुई दिनदेखि भोली भन्दै आएको र आज दिउँसो फोन गर्दा भोलीसम्म पर्खन भनेको नगरपालिकाको स्वास्थ्य शाखाका उप–संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले यहाँबाट हतार–हतारमा स्वाब लिएर पठाएपनि ल्याबले रिपोर्टमा ढिलाई गरिदिँदा समस्या भइरहेको बताउनु भयो । जनकपुर र हेटौंडा पठाएको स्वाबको रिपोर्ट आएपछि थप रणनीति बनाएर अघि बढिने नगरप्रमुख खड्काले जानकारी दिए ।

उता हरिवन नगरपालिकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमवार नै पठाएको ४११ जनाको थ्रोट स्वाबको रिपोर्ट भने आज दिउँसोबाट धमाधम आइरहेको छ । हरिवन नगरपालिकाका स्वास्थ्य संयोजक शशीकान्त सिंहका अनुसार अहिले साँझसम्ममा २१८ जनाको रिपोर्ट आइसकेको र सबैको रिपोर्ट नेगेटिभ रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.