logo

बीरगंजमा २ सय ८१ बेडको आइसोलेशन निर्माण ,स्थानीय प्रहरी र वडाको निगरानीमा रहने 

      8/8/2020 गते 00 00 मा प्रकाशित     1246   पटक पढिएको


वीरगंजमा स्थानीय प्रशासनले  २ सय ८१ बेडको थप आइसोलेशन वाड स्थापना गरेको छ । बीरगंजको घरिअर्वामा रहेको गोपाल मण्डली धर्मशालामा १ सय ११ बेड, होटल रानीपोखरीमा ५० बेड, राणी सती धर्मशालामा ६० बेड र सिद्धार्थ मा.वि. मा थप ६० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो।
पर्सामा कोरोना संक्रमित बढदै गएपछि वीरगंजको होटल र धर्मशालालाई आइसोलेसन बनाउन थालिएको हो ।
 
यस अघि नै करिव २०० बेड क्षमताका २ वटा कोभिड अस्पताल र झण्डै त्यति नै क्षमताको सामुदायिक आइसोलेसन सेन्टर संचालनमा रहेका थिए ।


बीरगंज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरहरुमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने गरी स्वास्थ्यकर्मीको व्यवस्था बीरगंज महानगरपालिकाले गर्ने जिल्ला संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

 

त्यसरी  खटिएका स्वास्थ्यकर्मीहरुलाई  नेपाल सरकारले तोके बमोजिम जोखिम भत्ता तथा अन्य सुविधा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने व्यवस्था मिलाउने गरी शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिनु भयो ।

पर्सा जिल्लामा पिसिआर चेकजाँचलाइ तिव्रता दिइएसँगै कोभिड १९ संक्रमित पुष्टि हुनेहरूको संख्या बढ्दै गएको छ ।  परिक्षण रिपोर्ट पोजेटिभ भएपनि लक्षण नभएका संक्रमितहरूलाइ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम वीरगंजका केही होटल र धर्मशालाई आइसोलेसन बनाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनु भयो
 
स्थानीय प्रहरी र वडा समितिको कार्यालयको सिफारिस र निगरानीमा रहने गरी होम आइसोलेसनमा बस्ने सुविधा दिइएकोमा धेरैजसो ठाउँमा तोकिएका आधार र मापदण्ड पुरा नभएको र संक्रमित व्यक्तिहरू स्वयं पनि अनुशासित भएर घरमै बस्नुको सट्टा घरबाहिर निस्किएर संक्रमण फैलाउने जोखिम बढेपछि होम आइसोलेसनको सट्टा सामुदायिक आइसोलेसन सेन्टरको मोडललाई जोड दिनुपर्ने देखिएपछि शुक्रबार मात्रै थप २८० बेड क्षमताका सामुदायक आइसोलेसन सेन्टर संचालन गर्ने गरी तयारी गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.