logo

शवको शदगत् गर्ने बिषयमा मिलनचोकमा गोली चल्यो ,तीन घण्टाको रस्साकस्सी पछि सुरक्षा निकायले पायो सफलता

      7/31/2020 गते 00 00 मा प्रकाशित     2639   पटक पढिएको

करिब ३ घण्टाको रस्साकस्सी पछि सुरक्षाकर्मीले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तीनवटा शवलाई शदगत गर्नलागि बीरगंज महानगरको उत्तरमा रहेको जंगलभित्र लग्न सफल भएका छन ।

 

शव सहित खाल्डो खन्नकालागि जेसीवी बाराको जीतपुर बजारबाट पश्चिम तर्फ मोडिने बित्तिकै मिलनचोकमा त्यस क्षेत्रका जनताको उपस्थिति शुरु हुन थालेको थियो ।

 

 मोवाइल मार्फत मिलनचोक आसपासका जनतालाई सुरक्षाकर्मीको प्रतिवाद गर्नकालागि मिलनचोकमा आउन सूचना प्रवाह भयो । एकैछिनमा सैयौ जनताको सहभागिता भयो । शोलखपुर, मिलनचोक कटगेनवा लगायतका गाउँबाट मिलनचोकमा मानिसहरु जम्मा भए । 


उनीहरुले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुलाई आफनो क्षेत्रमा शदगत् गर्न नदिने अडान लिएर प्रहरीलाई अवरोध गरे ।

 

मिलनचोकबाट उत्तर तर्फको जंगलमा नेपाली सेनाले तालिम गर्ने स्थान रहेको छ । त्यही स्थानमा सदगत गर्न शव लिएर गएको सुरक्षाकर्मीको टोलीलाई मिलनचोकमा अवरोध सृजना गरिएको थियो । सुरक्षाकर्मीले स्थानीयलाई निकै सम्झाउने प्रयास गर्यो तर स्थानीयले कुरा बुझिदिएनन ।

 

पर्साका प्रहरी प्रमुख गंगा पन्तले  स्थानीयलाई निकै आग्रह गर्नु भयो तर आग्रहले बाटो खोलेन । सुरक्षाकर्मीलाई स्थानीयले पेल्दै लगेपछि भिड तितर बितर गर्न प्रहरीले ६ राउण्ड अश्रुग्यास र ५ राउण्ड हवाई फायर गर्यो । सुरक्षाकर्मीले अन्तत १० बजे शवलाई शद्गत गर्नकालागि जंगल लगे ।

 

मिलनचोकमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ । अहिले त्याहाको अवस्था शान्तिपूर्ण रहेको स्थानीय बुद्धिजीवी प्रकाश अर्यालले बताउनु भएको छ । 


स्थानीयले सुरक्षाकर्मीलाई ढुंगा मुढा समेतले प्रहार गरेका थिए । स्थानीयले भने घाँस दाउरा गर्न जंगल जानु  पर्ने बस्तु भाउ चराउन जंगल जाँदा कोरोना भाइरसको संक्रमण फैलने डरका कारण शवको शदगत् गर्न अवरोध सृजना गरेका हुन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.