logo

प्रदेश सांसदको बिकास बजेटमा ठेकेदारको रजाई ,आरसीसी ढलान चिरा पर्न थाल्यो

      7/21/2020 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको

पर्साको निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (क) का निर्वाचित प्रदेश साँसद शंकर प्रसाद चौधरीको क्षेत्र बिकास योजना अन्र्तगतको भएका निर्माण कार्य प्रति जनस्तरबाट गुनासो आउन थालेको छ ।

 

 साँसद चौधरीलाई समेत बदनाम गराउने गरि उपभोक्ता समिति र ठेकेदारको मिलीभगतमा काम भएकोले काम पनि गुणात्मक भएको छैन । जिराभवानी गाउँपालिका वडा नं २ मा गरिएको आरसीसी ढलान निर्माण भएको एक साता नपुग्दै चिरा परेको छ । 

असार महिनाको अन्तिम सातामा गरिएका सो ढलान निर्माणको काममा समेत अनियमितता गरिएको छ । उपभोक्ता समितिले जनसहभागितामा  ढलान गर्नु पर्नेमा त्यसको गरेको पाइएको छैन ।

 

कागजमा लागत जनसहभागिता देखाएपनि काम भने ठेकेदार मार्फत गराइएको छ । ठेकेदार श्यामबाबू पटेलले सो योजना साउन १ गते सम्पन्न गरेका हुन।

 

कमसल निर्माण सामग्री प्रयोग गर्ने नियतले ठेकेदार पटेलले राती राती काम गरेको स्थानीय यूवा प्रशान्त यादवले बताउनु भयो । सो योजनामा छ इन्च मोटाइ ढलान गर्ने इस्टिमेट भएपनि ठेकेदारले देखिने ठाउँमा ६ इन्च तथा अन्य स्थानमा साढे दुई इन्च मात्रै ढलान गरेको  र त्यस्तो कामको भिडियो आफूसंग रहेको  यादवले बताउनु भयो ।

 

अनियमिता काम भएको बिषयमा उजुरी दिने तयारी गरे पनि काहा दिने भन्ने कुरा यकिन नभएकोले  सम्बन्धित निकायको खोजी समेत गरिरहेको यादवले बताउनु भयो ।


सांसद चौधरीको करिब करिब साढे दुई करोडको योजनाका लागि ठेकेदार पटेलले उपभोक्ता समिति तथा पूर्वाधार कार्यालयका प्राविधिकलाई खरिद गरी योजनाहरुको काम गरेको स्थानीयले आरोप लगाएका छन। सो योजनाहरुमा नाला निर्माण, आर सि सि ढलान, बाउन्ड्री वाल लगायतका कार्यहरू रहेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.