logo

परम्परा पार्टी,प्यालेसमा संयुक्त रक्तदान, नेता राजेशमानद्वारा कार्यक्रम शुभारम्भ

      7/15/2020 गते 00 00 मा प्रकाशित     1520   पटक पढिएको

साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी नेपाल बीरगंज महानगर कार्य समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको छ । 


रक्त संचार केन्द्रले रक्त अभाव भएको भन्दै सामाजिक संघ संस्थाहरुलाई रक्तदान कार्यक्रममो आयोजना गरेर जीवनदानको महाअभियानलाई सघाउन अपिल गरेको थियो । रक्त संचार केन्द्रको अपिललाई आधार मानेर आयोजक संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । 


बीरगंजको बिर्तामा रहेको परम्परा पार्टी प्यालेसमा आयोजन गरिएको रक्तदान कार्यक्रमको जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष राजेशमान सिंहले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । 


कार्यक्रममा जनता समाजवादी पार्टीका नेता शशीकपुर मिया,सीपु तिवारी  जितेन्द्र साह , श्यामबाबू साह , सन्दिप साह , मेघनाथ साह , सरोज कुश्वाह , कृष्ण पटेल , सन्दिप पटेल ,रबिन्द्र पटेल लगायतकाले रक्तदान गर्नु भएको थियो ।


रक्तदान कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी जसपाका नेता नेजामुदिन समानी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

अहिले सम्म २ सय भन्दा बढीले रक्तदान गर्नु भएको महानगर प्रमुखका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिनु भएको छ । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रका प्राविधिक कर्मचारीहरुको  सहायोग रहेको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.