logo

बिन्दवासिनीको गाउँ सभा सम्पन्न : शिक्षा, स्वास्थ्यमा जोड

      7/13/2020 गते 00 00 मा प्रकाशित     1290   पटक पढिएको


 पर्साको बिन्दवासिनी गाउँ पालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी ) को अध्यक्षतामा सम्पन्न सभामा आर्थिक बर्ष ०७७/०७८ को लागि चालु तर्फ १३ करोड, ९९ लाख र पूँजीगत तर्फ १६ करोड, ५६ लाखको बजेट पारित भएको छ ।

 

परिषदले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट बिनियोजन गरेको छ ।

 

परिषदमा शिक्षामा १ करोड , स्वास्थ्यमा ८० लाख , कृषीमा ६० लाख, पशुमा ४० लाख लगायतका शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला लगायत पालिकाको समग्र बिकासमा ध्यान दिने जनाइएको छ ।

 

परिषद पछि कुरा गर्दै अध्यक्ष (मोदी ) ले अव सबैले गर्व गर्ने खालको परिवर्तनको खाका कोरेर जनताको बीचमा जान मार्ग पहिल्याएको बताउनुभयो । उहाँले समस्या र चुनौति अनगिन्ती भएपनि सर्वसम्मतिले गाउँ सभा सम्पन्न भएपछि साझा सवालमा एक भएर जाने परम्पराको शुरु भएको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिकाकी उपाध्याक्ष किरण देबी गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बिकास निर्माण र सामाजीक सुधार एवं महिला बालबालिका तथा उपेक्षित जाती भाषा एवं संस्कृतिको बिकासमा समेत ध्यान दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

 

 

कार्यक्रमको संचालन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मून्ना साह रौनियारले गर्नुभएको थियो । कार्यपालिका सदस्य र ५ वाटै वडाअध्यक्षहरुको उपस्थितीमा गत २१ गते आइतवार देखि सुरु भएको सभामा आज सोमवार सम्पन्न भएको प्रेस संयोजक संजिब मिश्राले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.