logo

बीरगंजको मुख्य शहरको ट्राफिक ब्यवस्थापनकालागि नीजिक्षेत्रद्वारा डिभाइडर हस्तान्तरण

      7/11/2020 गते 00 00 मा प्रकाशित     1480   पटक पढिएको


बीरगंजको ट्राफिक ब्यवस्थापनमा नीजी क्षेत्रले आवश्यक सहयोग उपलब्ध गराएको छ । बीरगंजको ब्यवसायीक ग्रुप शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.ली.,जगदम्बा कंक्रिटो प्रा.ली. जगदम्वा एसएस प्रा.ली.ले ८० थान सडक डिभाइडर हस्तान्तरण गरेको छ । 

संस्थागत सामाजिक उतरदायित्व  अन्तर्गत बीरगंज महानगरपालिकाको कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा लाई बीरगंज शहर भित्र ट्राफिक ब्यबस्थापन गर्नलाई  डिभाइडर हस्तान्तरण गरिएको हो ।

 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी  र श्री जगदम्बा ग्रुप का अध्यक्ष आदरणीय राजेश अग्रवाले पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई डिभाइडर हस्तान्तरण गर्नु भएको हो । 


पर्सा प्रहरी प्रमुख पंतको ब्यवस्थित बीरगंज बनाउने अभियानलाई टेवा पुग्ने गरि डिभाइडर ब्यवस्थापन गरिएको हो । डिभाइडरको सहयोगले बीरगंजमा लेन अनुशासन कायम गर्न मद्धत पुग्ने बिश्वास महानगर प्रमुख सरावगीले ब्यक्त गर्नु भयो ।

 
बीरगंजको मुख्य सडकको ट्राफिक ब्यवस्थापनमा नयाँ प्रयोग गरिदैछ । घण्टाघर देखी माइस्थान सम्म रहेको दोहोरो मार्गमा ( टु बे ) डिभाइडर राखिने छ ।

 

पहिला सडकको एउटा साइडमा हुदै आएको पार्किङलाई हटाइएको छ । यातायात संस्थानको जमिनमा पार्किङको ब्यवस्था गरिएको छ । सडकलाई पार्किङ बनाउन नहुने  र पुरानै पार्किङ ब्यवस्थालाई कायम राख्नु पर्ने बिषय पनि उतिकै उठिरहेको छ । 


शहर भित्र सडक अनुशासन कायम गर्न,राम्रो सफा सुग्घर देखाउन र आवत जावतमा सहजता प्रदान गर्नकालागि नयाँ गर्न खोजिएको ब्यवस्थाले मद्धत गर्ने पर्सा प्रहरी प्रमुख पंतको भनाई छ । परिर्वतनकालागि प्रयास गर्नु पर्छ उहाँले भन्नु भयो “कुनै न कुनै बिन्दुबाट शुरु गर्नु पर्छ हामीले चाहेमा सुधार सम्भव छ । 


डिभाइडर हस्तान्तरण कार्यक्रममा महानगरका कार्यकारी प्रमुख प्रदीप निरौला, ट्राफिक प्रहरी प्रमुख कमल पंडित लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.