logo

बिकासकालागि बिश्वसनीय संरचना बनाएर आउनुहोस सहयोग गर्छुः महानगर प्रमुख सरावगी

      7/4/2020 गते 00 00 मा प्रकाशित     1867   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले आउने आर्थिक वर्षमा बीरगंजमा करिब एक लाख बिरुवा रोपिने र त्यसकोलागि रकम बिनियोजन गरिएको बताउनु भएको छ ।

 

बीरगंज महानगरको वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको बृक्षारोपण कार्यक्रमको उद्धघाटन गर्दै महानगरप्रमुख सरावगीले यस्तो बताउनु भएको हो । उहाँले प्रकृतिको जथाभावी दोहनका कारण मानव सभ्यताले कोरोना जस्तो महामारी पहिला पनि सामना गर्नु परेको चर्चा गर्नु भयो । मानव जीवनकालागि अक्सीजनको आवश्यकताको चर्चा गर्दै त्यसको आपूर्ती बृक्षले मात्र गर्ने कुरालाई आमरुपमा जनताले बुझ्नु जरुरी रहेको बताउनु भयो । 

 


उहाँले राम्रो काम गर्नेहरुलाई प्रोत्साहित गर्ने भन्दा पनि खुट्टा तान्ने प्रवृति समाजमा रहेको चर्चा गर्दै त्यही कारणले समेत हाम्रो दिमागमा  बिकास नभएको बताउनु भयो । पहिला सोच्ने तरिका सकारात्मक हुन जरुरी रहेको चर्चा गर्दै सकारात्मक सोचाईले नै दिमागमा बिकासको बिजारोपण हुने बताउनु भयो । मेरो पार्टीमा मेरा बिरुद्धनै मान्छेहरु दिनरात नभनी लागरिहेका हुन्छन तर गर्नु के पथ्र्यो म जस्तो मान्छेलाई बिकासका निम्ति उपयोग गर्नु पथ्र्यो त्यो हुन सकेको छैन ।

 

उहाँले भन्नु भयो“ मैले प्रमुख भएर दुई पैसा खानु छैन तर खानेले खाइरहेको तपाईहरुलाई पनि थाहा छ म भौतिक तथा सामाजिक बिकासको दिशामा अगाडि बढन चहान्छु त्यसकालागि तपाईहरुको सहयोग चाहिएको छ ”।  


महानगर प्रमुख सरावगीले बिकासको कामकालागि समाजमा बिश्वसनीय संरचनाहरु बनाउनहोस र आउनुहोस म सहयोग गर्न तयार छु । 


कार्यक्रममा उपप्रमुख शान्ति कार्कीले पनि महानगरको तर्फबाट उपलब्ध गराउनु पर्ने सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

 

ग्यालेक्सी युथ क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सतीसाल,गुलमोहर सहितका बिभिन्न प्रजातिका ८० बिरुवा वृक्षारोपण गरिएको थियो । पिप्रामा  रहेको धर्मशाला,सातोमाई मन्दिर र ब्रम्हबाबा मन्दिर प्रागंणमा सो बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष राजेश पटेलले जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी,वडा अध्यक्ष भरत कुर्मी,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने,पुरुषोत्तम पटेल ,रामाशिष पटेल,नेकपा युवा नेता अनिल पटेल,क्लवका राजेश्वर पटेल, वेदप्रकाश कुर्मी,हरेराम पटेल,श्यामबाबु प्रसाद,नविन राम,शत्रुधन पटेल,कसिम मियाँ ,वृशेश्वर पटेल लगायतको सहभागिता रहेको थियो । धर्मशालामा आयोजित कार्यक्रमको सहजीकरण क्लवका सचिव साजन पटेलले गर्नु भएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.