logo

व्यावसाय संचालन गर्न पाउनुपर्ने होटल व्यवसायीको माग 

      7/1/2020 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको

वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले कोरोना भाईरस (कोभिड १९) को प्रभावले ठप्प रहेको होटल तथा रेस्टुरेण्ट व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाईरस महामारीले गर्दा विश्व नै आक्रान्त भएको अवस्थामा नेपालका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा प्रभावित भएको अवस्थामा होटल तथा पर्यटन व्यवसायलाई पनि क्षति पुगेकोले आवश्यक सुरक्षात्मक उपाय सहित नियामानुसार व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापपत्र बुझाएका हुन् ।

राजधानी लगायत केही सहरहरुमा रेस्टुरेण्टहरु खुला रहेको र वीरगन्जमा पनि होटलमा संचालित रेस्टुरेण्टहरु खोल्न आवश्यक व्यवस्था मिलाईदिन सरकारसँग आग्रह गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको संघको टोलीले सामाजिक दूरी कामय गरी गराई होटलका रेस्टुरेण्टहरु संचालन गर्ने वातावरण बनाईदिन माग गरेका हुन् ।

लकडाउन अवधिभरको घर बहाल कर, बिजुली, पानी, टेलिफोनको शुल्क एवं बैंक ब्याजदर मिनाहको लागि सरकारी स्तरबाटै पहल गरिदिन तथा भाडामा संचालित होटलहरुको लकडाउन अवधि भरको घर भाडा पूर्ण मिनाह तथा त्यसपछि व्यवसायको स्थिति हेरेर सामान्य अवस्थामा आई नपुग्दा सम्मको लागि आधा भाडा मिनाहको लागि सरकारी स्तरबाटै पहल गरिदिन ३ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

वीरगन्जका होटल व्यवसायी एवं पूर्व सांसद अनिल रुंगटाले सरकारले लागू गरेको रेस्टुरेण्टबाट लिएर जाने (टेक अवे) को अहिले वीरगन्जमा बानी नरहेकोले ग्रहाकहरु लिएर जाने भन्दा बसेर खान रुचाउने भएकोले यसका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरि सीमित संख्यामा बसेर खाने गरि रेस्टुरेण्टहरु खोल्ने वातावरण मिलाउन अनुरोध गरे । पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र कर्मचारीहरुको तलब र बैंकको ऋण समेत तिर्न नसक्ने अवस्थामा रहेका होटल तथा पर्यटन व्यवसायीहरुलाई राहत हुने गरी रेस्टुरेण्टहरु मात्रै संचालनको व्यावस्था सरकारले मिलाई दिए पनि सहज हुने बताए ।

विपदको समयमा सरकारलाई होटेलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिएर सुरक्षा सतर्कताको पनि अनुभव भएकोले सोही अनुसार तोकिएको सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न पाए बैंकको ऋण र ब्याज लगायत सरकारलाई कर तिर्न पनि सहज अवस्था आउने व्यवसायीहरुको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.