logo

व्यावसाय संचालन गर्न पाउनुपर्ने होटल व्यवसायीको माग 

      7/1/2020 गते 00 00 मा प्रकाशित     1361   पटक पढिएको

वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले कोरोना भाईरस (कोभिड १९) को प्रभावले ठप्प रहेको होटल तथा रेस्टुरेण्ट व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाईरस महामारीले गर्दा विश्व नै आक्रान्त भएको अवस्थामा नेपालका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा प्रभावित भएको अवस्थामा होटल तथा पर्यटन व्यवसायलाई पनि क्षति पुगेकोले आवश्यक सुरक्षात्मक उपाय सहित नियामानुसार व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापपत्र बुझाएका हुन् ।

राजधानी लगायत केही सहरहरुमा रेस्टुरेण्टहरु खुला रहेको र वीरगन्जमा पनि होटलमा संचालित रेस्टुरेण्टहरु खोल्न आवश्यक व्यवस्था मिलाईदिन सरकारसँग आग्रह गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको नेतृत्वमा गएको संघको टोलीले सामाजिक दूरी कामय गरी गराई होटलका रेस्टुरेण्टहरु संचालन गर्ने वातावरण बनाईदिन माग गरेका हुन् ।

लकडाउन अवधिभरको घर बहाल कर, बिजुली, पानी, टेलिफोनको शुल्क एवं बैंक ब्याजदर मिनाहको लागि सरकारी स्तरबाटै पहल गरिदिन तथा भाडामा संचालित होटलहरुको लकडाउन अवधि भरको घर भाडा पूर्ण मिनाह तथा त्यसपछि व्यवसायको स्थिति हेरेर सामान्य अवस्थामा आई नपुग्दा सम्मको लागि आधा भाडा मिनाहको लागि सरकारी स्तरबाटै पहल गरिदिन ३ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

वीरगन्जका होटल व्यवसायी एवं पूर्व सांसद अनिल रुंगटाले सरकारले लागू गरेको रेस्टुरेण्टबाट लिएर जाने (टेक अवे) को अहिले वीरगन्जमा बानी नरहेकोले ग्रहाकहरु लिएर जाने भन्दा बसेर खान रुचाउने भएकोले यसका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरि सीमित संख्यामा बसेर खाने गरि रेस्टुरेण्टहरु खोल्ने वातावरण मिलाउन अनुरोध गरे । पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र कर्मचारीहरुको तलब र बैंकको ऋण समेत तिर्न नसक्ने अवस्थामा रहेका होटल तथा पर्यटन व्यवसायीहरुलाई राहत हुने गरी रेस्टुरेण्टहरु मात्रै संचालनको व्यावस्था सरकारले मिलाई दिए पनि सहज हुने बताए ।

विपदको समयमा सरकारलाई होटेलहरु क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिएर सुरक्षा सतर्कताको पनि अनुभव भएकोले सोही अनुसार तोकिएको सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न पाए बैंकको ऋण र ब्याज लगायत सरकारलाई कर तिर्न पनि सहज अवस्था आउने व्यवसायीहरुको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.