logo

वीरगन्ज महानगरपालिका प्रमुख सरावगीद्वारा कृषक समूहलाई पम्पसेट वितरण 

      6/29/2020 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको

वीरगन्ज, १५ असार । वीरगन्ज महानगरपालिकाले साना सिँचाई कार्यक्रम अन्तर्गत महानगरपालिकाका ३२ वटा वडाका कृषक समूहलाई पम्पसेट सहित कृषि सामग्री वितरण गरेको छ । ३२ वटै वडमा गठन गरिएको ३३ वटा कृषक समूहलाई ३३ थान पम्प सेट, बिषादि छर्ने स्प्रेयर र त्रिपाल र बीउ राख्ने झोला वितरण गरिएको हो ।

कृषक समूहलाई महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले पम्पसेट लगायतका कृषि सामग्री वितरण गर्नुभएको थियो । साना सिँचाई अन्तर्गत कृषक समूहलाई वितरण गरिने पम्पसेट तथा कृषि सामग्रीहरु फागनु महिनामा एक महिनाको म्याद राखेर सूचना प्रकाशन गरिएकोमा बीचमा लकडाउनका कारण निवेदन अपुग भएपछि पुनः एक हप्ताको म्याद थप गरेर सूचना प्रकाशित गरेपछि सोही अनुसार आएका निवेदनको आधारमा कृषक समूहलाई वितरण गरेको हो ।

८५ प्रतिशतको अनुदानमा पम्पसेट, ७५ प्रतिशत अनुदानमा ५० वटा त्रिपाल, ७५ प्रतिशतको अनुदानमा ५० स्प्रे मेशिन र निःशुल्क रुपमा बीऊ राख्ने हर्मेटिक ब्याग १० वटाको दरले आज सोमबारदेखि वितरण गरेको महानगरपालिकाको कृषि महाशाखाकी प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

साना सिँचाई अन्तर्गत कार्यविधिहरु प्रमाणिकरण भएर आउन समय लागेकोले यसपटक पम्पसेटहरु मात्रै वितरण गरिएको उहाँले बताउनुभयो । एउटा समूहमा १५ देखि २५ जनासम्मको समूहले यसबाट लाभान्वित हुने उहाँले बताउनुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप नैरौला, नगरप्रमुखका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, स्थानीय कृषक समूहका किसानहरु लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.