logo

धान उत्पादनमा वृद्धि ,आत्मनिर्भरता र समृद्धि भन्दै धान दिवस मनाइदै,नारा ब्यवहारमा उतार्नै समस्या

      6/29/2020 गते 00 00 मा प्रकाशित     1332   पटक पढिएको

“धान उत्पादनमा वृद्धि ,आत्मनिर्भरता र समृद्धि” यस वर्ष अर्थात १७ औ धान दिवसको नारा राहेको छ । 
‘मानो रोपेर मुरी फलाउने दिन’ अर्थात् आज असार १५ । 


किसान सग आवद्ध संघ संगठन र सरकारहरु धान दिवस मनाईरहेका छन । धान दिवसको अवसर पारेर कर्णली प्रदेश सकारले सार्वजनीक बिदा घोषणा गरेको छ । 


 यता पर्सामा नेपाल किसान सङ्घका केन्द्रीय सदस्य बिरेन्द्र यादवको अध्यक्षतामा बहुदरमाई नगरपालिकाको बैरियामा धान दिवस मनाइएको छ । धान दिवसमा नेताहरुले धान रोपेर दिवस मनाएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिनु भयो । 

 

 कार्यक्रममा प्रमुख नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,पर्सा जि. बि. स. पूर्व सभापति जनार्दन सिह क्षेत्री ,बिरेन्द्रलाल नेपाली ,सम्बिधान सभा सदस्य रामेश्वर रौनियार,नेताहरु प्रकाश उपाध्याय,डा कृपासिन्धु चौधरी,साबिर अँसारि डा. प्रमोद कुशवाहा, दिना गुप्ता ,रोशन लामिछाने,बैकुण्ठ श्रीवास्तव,अशोक गुप्ता वडा अध्यक्ष दिपेन्द्र पटेल,वडा सभापति मोतिरहमान,लगायतको ुहभागिता रहेको थियो । 


यस्तै कृषि ज्ञान केन्द्र पर्साले धान दिवसको अवसर पारेर रोपाईमा प्रविधिको प्रयोग गरेको छ । मेशिनद्वारा धान रोपिएको हो । मेशिनको प्रयोग पछि ६० प्रतिशत जनशक्ति धान रोपाईकालागि कम लाग्ने बताइएको छ । 

 

मध्य तराई अन्नको भण्डार समेत हो । पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गर्दै आइरहेका छन् ।

 

पानीको अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा हालसम्म ४० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको  कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवको भनाई छ । भारतीय पक्षले  गण्डक नहरमा समयमा पानी नछोड्दा यस वर्ष धानखेती प्रभावित हुने उहाँको भनाई छ । 

 

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा पर्सा बारा रौतहटका किसानले साना सिँचाइ, आकाशे वर्षा तथा खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहटमा ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ तर समयमा पानी नआउँदा यसपालि धान रोपाइँ ढिलो भएको किसान बताउछन । 

 

अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारतमाथिको परनिर्भता बढ्दै गएको छ ।

उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको हो ।

सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुरी फलाउने काम सपना जस्तो भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.