logo

इट्टा उद्योगमा गाँजाको कारोबार, १२५ किलो गाँजा लोड गरेको ट्रक सहित तीनजना पक्राउ   

      6/26/2020 गते 00 00 मा प्रकाशित     1276   पटक पढिएको

वीरगन्ज, १२ असार । बारा प्रहरीले १२५ किलो प्रतिबन्धित लागू औषध गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध ओसार पसार भईरहेको सूचनाका आधारमा गंजभवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नं.३ मा रहेको बुलेट इँट्टा उद्योगबाट १२५ किलो गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा लोड गरेर ल्याएको प्रतिबन्धित लागू औषध गाँजा ट्रकमा इट्टा भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा ट्रक सहित १२५ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
 

९ पोकामा रहेको १२५ किलो ग्राम लागु औषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक र प्र.न.२–०३–००१ प ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको उहाँले बताउनुभयो । पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रह्मपुरी टोल बस्ने ना ७ ख ४२५२ नं. को ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादवm, पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं.४ लौतन टोल बस्ने वर्ष ६२ का समसुलहक देवान ।

चितवन राप्ती नगरपालिका वडा नं.७ बस्ने वर्ष ४५ को  लक्ष्मी बहादुर राई रहेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसन्धान अगाडि बढाईएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.