logo

हामीले नगरे कसले गर्ने, अहिले नगरे कैले गर्ने ? भन्दै युवाहरुले सोनवर्षामा गरे शैक्षीक समाग्री बितरण

      6/21/2020 गते 00 00 मा प्रकाशित     2075   पटक पढिएको

 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ

। पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई आज शैक्षीक समाग्री उपलब्ध गराइएको छ । 


देश बिदेशमा छरिएर रहेका नेपालीहरुको फेसबुक समुहको रुपमा रहेको ब्रोदरर्स फरम डीफीरेन्ट मँदर ,हेल्पीङ हयाण्डस र हन्डरेड ग्रुप्सको सहयोगमा शैक्षीक समाग्री उपलब्ध गराइएको भोला चौधरीले जानकारी दिनु भयो । 


बिभिन्न समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको समुहले आज श्री नेपाल राष्ट्रिय प्रथामिक बिद्यालय सोनवर्षाका 
७५ जना छात्र छात्रालाई तीन महिना सम्म पुग्ने शैक्षीक समाग्री र झोला बितरण गरेको छ । शैक्षीक समाग्रीमा कापी कलम इरेजर मास्क र झोला रहेको चौधरीले बताउनु भयो । 


सोही वडाका वडाध्यक्ष फरमान मिया अन्सारीले छात्र छात्रालाई शैक्षीक समाग्री बितरण गर्नु भएको थियो । निशुल्क शिक्षा अभियानलाई सफल बनाउन यस्तो सहयोग गरिएको निरजजंग थापाले बताउनु भयो । 
अरु बेलामा पनि सकेको सहयोग गर्दै आएका थियौ यो महामारीको बेलामा पनि थोरै भएपनि सहयोग उपलब्ध गराउन पाउदा खुशी लागेको थापाले बताउनु भयो । 


काम ठेलो त होइन तर अभियानका माध्यमले साना साना काम गर्दा पनि त्यसले सन्तोष दिने अभियानमा संलग्न युवाहरुको राय रहेको छ । कार्यक्रममा बिश्व सुवेदी,रुपेश खडका बिनय गिरी अनिश डाँगी लगायतको सहभागिता रहेको थियो ।



 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.