logo

स्व.बिन्दुदेवी पाण्डे पत्रकारिता पुरस्कारबाट संचारकर्मी बिमला गुप्ता पुरस्कृत

      6/19/2020 गते 00 00 मा प्रकाशित     1273   पटक पढिएको

विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार ब्रेकेनलिंक्स डटकमका पर्सा प्रतिनिधि ,प्रतिक दैनिक र रेडियो वीरगञ्जमा कार्यरत पत्रकार विमला गुप्तालाई प्रदान गर्न लागिएको छ ।

स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको बिहिबार सम्पन्न पुरस्कार छनौट समितिले गुप्तालाई १२ हजार नगद सहित प्रमाण पत्र र दोसल्लाका साथ सम्मान गर्ने निर्णय गरे अनुसार पुरस्कृत  गरिएको हो ।

 

स्व. पाण्डेको चौथो स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्साका अग्रज पत्रकार शंकर खतिवडाले पत्रकार गुप्तालाई पुरस्कृत गर्नु भएको हो ।  पत्रकार गुप्तालाई नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । प्रदेश उपाध्यक्ष के.सी.लामिछाने र जिल्ला अध्यक्ष श्यम बन्जाराले पुरसकृत पत्रकार गुप्तालाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । 

 


पुरस्कारले आफूलाई उत्साहित बनाएको पत्रकार गुप्ताले बताउनु भयो । पत्रकारिता पेशा चुनौतीपूर्ण रहेको बताउदै पत्रकार गुप्ताले चुनौतीलाई सामना गर्ने आँट राख्नु पर्ने बताउनु भयो । उहाँले पत्रकारिता गरेर नै जीवन धान्न सकेको बताउदै पत्रकार महिलालाई पलायन हुने होइन संघर्ष गर्न अपिल गर्नु भयो । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले प्रतिष्ठानले योग्य पात्रको चयन गरेर पुरस्कार दिएकोमा प्रशंसा गर्नु भयो । उहाँले पत्रकारिता सभ्य समाजको आवश्यकता भएको बताउदै समाजमा पत्रकारले निर्वाह गरेको भूमिकाले नै धेरै भएपनि जवाफदेहीता खोज्ने काम गरेको बताउनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले पत्रकार र उसको चरित्र एक हुनु पर्ने जोड दिनु भयो । पत्रकारितालाई आफनो रक्षाकवच बनाउने प्रवृतिलाई निरुत्साहित बनाउन आवश्यक छ । पत्रकारिता जोखिमपूर्ण भएपनि त्यसले बहुसंख्यालाई हित गर्ने भएकोले जोखिम पनि मोल्नु सक्नु पर्नेमा उहाँले जोड दिनु भयो । 


नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले काम गर्दै जादा सबै पत्रकारहरु बिभिन्न क्षेत्रबाट पुरस्कृत हुने भन्दै पेशा प्रति प्रतिवद्धता अनुसारको काम गर्न आग्रह गर्नु भयो । 

कार्यक्रमको संचालन प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले गर्नु भएको थियो । स्व.पाण्डेलाई सो क्रममा श्रद्धाञ्जली अर्पण गरिएको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.