logo

सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा तालाबन्दी

      6/4/2020 गते 00 00 मा प्रकाशित     1306   पटक पढिएको

वीरगन्ज, २२ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालयमा बिहीबार स्थानीयले तालाबान्दी गरेका छन् । प्रदेश सरकारले पठाएको राहत नपुग भएपछि सर्वदलीय बैठकले निर्णय गरेपनि गाउँपालिका प्रमुख प्रदीप जयसवालले अध्यक्ष प्रदीप जयसवालले राहत वितरण गर्न चौकीदार लगाएर सूचना जारी गरेपछि एकहजार भन्दा बढी स्थानीय गाउँपालिका पुगेका थिए ।

राहत लिन स्थानीय गएपछि गाउँपालिका प्रमुख जयसवाल उपस्थित नभएपछि राहत नपाएको भन्दै राहत लिन गएकाहरुले गाउँपालिकामा तालाबन्दी गरेको हो । यसअघि लकडाउनमा प्रभावित भएका विपन्न परिवारलाई गाउँपालिकाले प्रत्येक वडामा ८ सय ५० जनाले राहत वितरण गरिएको थियो ।

अहिले प्रदेश सरकाराले प्रत्येक वडाको ९० जनालाई मात्रै राहत पठाएकोले नपुग हुने भएर सर्वदलीय बैठकले राहत नबाड्ने निर्णय गरेको थियो । तर, गाउँपालिका प्रमुख प्रदीप जयसवालले चौकीदारलाई राहत वितरण गर्ने सूचना दिन लगाएर आपूm गाउँपालिकामा उपस्थित नभएपछि आक्रोशित स्थानीयले चन्दा उठाएर ताला किनेर कार्यालयमा ताला लगाएको नेकपाका स्थानीय नेता विहारी रामले बताए । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.