logo

विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना सम्मेलनको आयोजना,कोरोनाबाट कसरी मुक्ति पाउने बिषयमा प्रतिवेदन बन्ने

      5/24/2020 गते 00 00 मा प्रकाशित     2324   पटक पढिएको

गौतम माध्यामिक विद्यालयले विद्यालय स्तरमा संयुक्त राष्ट्रसंघको नमूना अभ्यास सम्मेलनको आयोजना गरेको छ । विभिन्न स्कुल तथा कलेजका युवा विद्याथीहरुलाई शिक्षाको माध्यमबाट नेतृत्वमा तहमा पुग्ने अवसर, नीति निर्माणहरु कसरी गर्ने भन्ने विषयमा छलफलको नमूना अभ्यास गराउने उद्देश्यले गतबर्षदेखि गौतम माध्यामिक विद्यालय संयुक्त राष्ट्रसंघको परिकम्पना गरि नमूना अभ्यास सम्मेलनको थालनी गरेको हो ।

यसबर्ष कोरोना महामारी र लकडाउनले विद्यालयहरु बन्द रहेकोले विद्यार्थीहरुको समयलाई सदुपयोग गर्दै कोरोना भाईरस महामारीले निम्त्याएको संकटको समाधान, यसको पुर्नरुत्थान कसरी गर्ने भन्ने विषयमा संयुक्त राष्ट्र संघमा गरिने छलफल जस्तै नमून अभ्यासको छलफल गरिएको छ ।

गौतम मावि संयुक्त राष्ट्र संघका अध्यक्ष एल्भिन रेञ्जरको अध्यक्षतामा भएको छलफलमा विश्व स्वास्थ संगठनका १५ जना र अन्तराष्ट्रिय मुद्रा कोषका १५ जना विद्यार्थीहरुले १५ वटा राष्ट्रको प्रतिनिधिको रुपमा सहभागिता जनाएर कोरोनाको संकटबाट कसरी देशलाई मुक्त गरी देशलाई कसरी सवल बनाउन सकिन्छ भन्ने विषयमा धारणा सहितको प्रतिवेदन विद्यार्थीहरुले तयार पार्ने छन् ।

कार्यक्रमको पहिलो सत्रमा संयोजक गौतम स्कुलका पूर्व विद्यार्थी एवं जीएसएस एमयुएन सचिवालयका सहसंस्थापक रोशन कुमार साह, र विशाल साहले धारणा पेश गरेका थिए । सीजा अधिकारीले स्वागत गरेको कार्यक्रमको शुरुवातको सत्र जिएसएस एमयुएन उपाध्यक्ष सौरज प्रधानले सहजीकरण गर्नुभएको थियो ।

नमूना संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठनको प्यानलको अध्यक्षता महिमा साह र उपाध्यक्ष अरिभा नाजले गर्नुभएको थियो । त्यस्तै अन्तराष्ट्रिय मुद्रा कोषको नेतृत्व अध्यक्ष निथिक राठी र उपाध्यक्ष गिरिस अग्रवालले गर्नुभएको थियो ।  बिहान १० बजे शुरु भएको साँझ सात बजे सएिको सम्मेलनमा विभिन्न विषयहरुमा छलफल भएको छ ।

आजको छलफलमा प्रमुुख अतिथि पर्यटन  वोर्डका सदभावना दूत सञ्जय खेतान, विशिष्ट अतिथिहरु वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक दिपक शाक्य, प्रेस संगठन पर्साका संयोजक नीरज पिठाकोटे, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, प्याब्सन पर्साका सचिव छेडुप लामा, लगायत विभिन्न पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुले  छलफलमा सहभागिता जनाएको थियो ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.