logo

रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद परामर्श  उपयोगी हुने दावी

      5/19/2020 गते 00 00 मा प्रकाशित     1792   पटक पढिएको

कोरोना संक्रमितहरुको प्रतिरोध क्षमता बढाउन नारायणी अस्पतालमा नै रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साद्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सेवालाई प्रभावकारी बनाउनु सुझाव दिइएको छ  ।

 

कोरोना भाईरस संक्रमणको अहिलेसम्म कुनै उपचार र औषधि नभएको र रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने भएकोले आयुर्वेद औषधि र उपचार पद्धति उपयोगी रहेकोले सेवालाई प्रभाकारी बनाउनुपर्ने सुझावहरु दिइएको  हो ।

 

संक्रमितहरुको उपचारमा आयुर्वेद उपचार पद्धति उपयोगी देखिएकोले आयुर्वेद विभागको निर्देशिका अनुसार यसको सेवालाई प्रभावकारी बनाउनुपर्ने  सुझाव दिन थालिएको हो । कोरोना संक्रमणबाट बच्ने र संक्रमितहरुको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यसको सेवा प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेको छ ।

 

अहिले नेपालमै पाईने जडिबुटी तथा घर आँगनमा उब्जाईने तरकारी फलपूmल र भान्सामा पकाईने स्वस्थ र स्वच्छ पोषिलो खानाको साथै दैनिक व्ययामले नै कोरोनालाई जित्न सकिने जगरनाथापुर गाउँपालिकाको जानकीटोला आयुर्वेद औषधालयका वैद्य निरीक्षक धिरेन्द्र सिंहले बताउनुभयो ।

 

उहाँले अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई आयुर्वेद औषधिलाई पनि खाद्यान्न भनेर वितरण गरेको प्रति आपत्ति जनाउदै आयुर्वेद औषधिहरुलाई खाद्यान्नको श्रेणीमा राख्न नहुने बताउनुभयो । चीनमा  क्लासिकल मेडिसिनको रुपमा आयुर्वेद औषधिलाई मान्यता दिएर प्रयोग गरेको भारतले पनि यसलाई प्राथामिकता दिदै आएको साथै नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद र योग तथा प्राकृतिक चिकित्सकलाई प्रवद्र्धन गर्ने भनेकोले २०७० सालमा संचालनमा ल्याएको नारायणी अस्पतालको आयुर्वेद परामर्श केन्द्रलाई थप जनशक्ति सहित सेवा प्रभावकारी बनाउनुपर्ने सिंहको भनाई छ ।

 

आयुर्वेद परामर्श सेवा केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न सञ्चारकर्मी महेश दासले पनि सुझाव दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमा पोष्ट गर्दै नारायणी अस्पतालको हाताभित्र संचालनमा रहेको आयुर्वेद परामर्श सेवा केन्द्रबाट रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु बढी भन्दा बढी वितरण गर्दा राम्रो हुने विचार व्यक्त गर्नुभएको छ ।

 

जिल्ला आयुर्वेद सेवा केन्द्र पर्साका प्रमुख डाक्टर रमेश मिश्रले पनि अहिले नेपालीहरुले कोरोनासँग लड्न आफ्नो शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प नरहेकोले यसको लागि जडिबुटीबाट बनेको आयुर्वेद औषधिको प्रयोग तथा योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.