logo

पत्रकार यादवमाथि गरिएको दूब्र्यवहार बिरुद्ध घण्टाघरमा पत्रकारको धर्ना 

      5/11/2020 गते 00 00 मा प्रकाशित     1148   पटक पढिएको

बीरगंज २८ बैशाख 

पत्रकार पक्राउ  विरुद्ध नेपाल पत्रकार महासंघले आज प्रदर्शन गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनमा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुव्र्यवहार  गरेको  विरुद्धमा पत्रकार महासंघ पर्साले  आन्दोलन गरेको हो ।

 

वीरगन्जको घण्टाघरमा भेला भएका पर्साका पत्रकारहरुले प्रहरीको ज्यादती विरुद्ध सांकेतिक विरोध गरेको हो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले पर्सा प्रहरीको जनतामाथिको व्यवहार असहिष्णु हुदै गएको र असन्तुष्टि आमसर्वसाधारणमा बढ्दै गएको अवस्थामा सञ्चारकर्मीहरुमाथि भएको दुव्र्यवहारले प्रहरी संगठनको व्यवसायिक छवि नै धमिलो पारेको बताउनुभयो ।

 

उहाँले जनताको करबाट राष्ट्रसेवकको रुपमा काम गर्ने प्रहरीले विना पारिश्रमिक समाजलाई सूसुचित गर्ने सेवामा कार्यरत पत्रकारहरुलाई लाठी चलाएर शासन गर्ने दिवाश्वप्न नदेख्न प्रहरीलाई चेतावनी दिनुभयो ।

 

प्रेस संगठन नेपाल प्रदेश नम्बर २ का इन्चार्ज लालबाबु शेषले पर्सामा प्रहरी प्रमुखमा गंगा पन्त आएदेखि नै नागरिकमाथि प्रहरीको व्यावहार राम्रो नरहेको बताउदै पत्रकारमाथि भएको दुव्र्यवहार अत्यन्त निन्दनीय रहेको बताउनुभयो ।

 

 प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले संचालन गरेको कार्यक्रममा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस नेपाल पर्साका अध्यक्ष आरके पटेल लगायतले पनि बोल्नुभएको थियो । 

 


यसैबीच बाराका पत्रकार पवन यादवमाथी गएराती आक्रमण भएको छ । नेपाल प्रेस युनियनका सदस्य एवं बाराबाट प्रकाशित तराई मधेश दैनिक पत्रिकाका प्रकाशक यादवमाथी गएराती करिब नौ बजे अज्ञात समुहले कलैया उपमहानगरपालिका–२ स्थित औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेको प्रहरीले जनाएको छ ।

 

 

अज्ञात समुहको आक्रमणबाट पत्रकार यादवको निधार काटिएको छ भने शरीर भरी निलडाम छ । पत्रकार यादवको कलैया स्थित जिल्ला अस्पतालमा उपचार भएको छ ।कलैयाबाट उतर झिटकैया स्थित घरजाने क्रममा पत्रकार यादवमाथी चारजनाको संख्यामा रहेका समूहले आक्रमण गरेको हो ।

 

आक्रमणबा पत्रकार यादवको ल्यापटप, क्यामरा र मोटरसाइकलमा क्षति पुगेको छ । नेपाल प्रेस युनियनले घटनामा संलग्नलाई कडा कार्बाहीको माग गरेको छ ।

 

 

युनियन बाराका अध्यक्ष श्यामबाबु यादव र केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति  मार्फत घटनामा संलग्नलाई पक्राउ गरि कडा कार्बाही गर्न माग गर्नु भएको हो । घटनामा संलग्नको खोजी भईरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.