logo

डा.शाक्य रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित 

      5/5/2020 गते 00 00 मा प्रकाशित     1477   पटक पढिएको


बीरगंज २४ बैशाख ।

नेपाल जेसीजका पूर्व राष्ट्रीय अध्यक्ष,बीरगंज पब्लिक कलेजका संस्थापक निर्देशक अन्य बिभिन्न सामाजिक संघ संस्थामा संलग्न रहेर सामाजिक सेवामा संलग्न बीरगंजका नागरिक अगुवा डा.दीपक शाक्य  रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित हुनुभएको छ ।

 

पशुपति अन्नपुर्ण आश्रम प्रदेश न. २ का अध्यक्ष  समेत रहनु भएका डा.शाक्यले सामाजिक सास्कृति धरोहरको संरक्षणमा पुर्याएको योगदानका कारण नै उहाँलाई सम्मानीत गरिएको हो ।

 

डा. शाक्यले विभिन्न विद्यालय, मठ मन्दिर, बृद्ध बृद्धा, धार्मिक स्थल लगायतका क्षेत्रमा गरेको सहयोग र विश्वस्तरमा फैलिएको कोरोना महामारीको समयमा विभिन्न स्थानमा खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराई परोपकारी कार्यमा संलग्न भएको भन्दै प्रोत्साहन स्वरुप सयुक्त राज्य अमेरीकाको न्युयोर्कमा रहेको रोटरी क्लब  क्वीन्सले उक्त सम्मान प्रदान गरेको हो ।

 

आश्रम मार्फत अहिलेको कोरोनाका जोखिमको अवस्थामा पनि गरीब असहायलाई खाद्य सामाग्री उपलब्ध गराउनुका साथै विभिन्न विद्यालयमा शैक्षिक सामाग्री, धार्मिक स्थलमा मुर्तिको स्थापना लगायतका सामाजिक क्रियाकलापहरुमा उल्लेखनिय भुमिका खेलेको कारण नेपाल अधिराज्यभरीबाट ९ जनालाई उक्त सम्मान प्रदान गरिएकोमा प्रदेश न.२ बाट डा.शाक्य सम्मानकालागि छनौट हुनु भएको हो ।


सम्मानले हौसला बढेको डा. शाक्यले बताउनु भयो । समाजिक सेवामालागिरहन यस्ता सम्मानहरुले अझै उर्जा संचार हुदो रहेछ डा.शाक्यले आफनो अनुभूती सुनाउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.