logo

डा.शाक्य रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित 

      5/5/2020 गते 00 00 मा प्रकाशित     1212   पटक पढिएको


बीरगंज २४ बैशाख ।

नेपाल जेसीजका पूर्व राष्ट्रीय अध्यक्ष,बीरगंज पब्लिक कलेजका संस्थापक निर्देशक अन्य बिभिन्न सामाजिक संघ संस्थामा संलग्न रहेर सामाजिक सेवामा संलग्न बीरगंजका नागरिक अगुवा डा.दीपक शाक्य  रोटरी इन्टरनेशनलद्वारा कम्युनिटि हिरो अवार्डबाट सम्मानित हुनुभएको छ ।

 

पशुपति अन्नपुर्ण आश्रम प्रदेश न. २ का अध्यक्ष  समेत रहनु भएका डा.शाक्यले सामाजिक सास्कृति धरोहरको संरक्षणमा पुर्याएको योगदानका कारण नै उहाँलाई सम्मानीत गरिएको हो ।

 

डा. शाक्यले विभिन्न विद्यालय, मठ मन्दिर, बृद्ध बृद्धा, धार्मिक स्थल लगायतका क्षेत्रमा गरेको सहयोग र विश्वस्तरमा फैलिएको कोरोना महामारीको समयमा विभिन्न स्थानमा खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराई परोपकारी कार्यमा संलग्न भएको भन्दै प्रोत्साहन स्वरुप सयुक्त राज्य अमेरीकाको न्युयोर्कमा रहेको रोटरी क्लब  क्वीन्सले उक्त सम्मान प्रदान गरेको हो ।

 

आश्रम मार्फत अहिलेको कोरोनाका जोखिमको अवस्थामा पनि गरीब असहायलाई खाद्य सामाग्री उपलब्ध गराउनुका साथै विभिन्न विद्यालयमा शैक्षिक सामाग्री, धार्मिक स्थलमा मुर्तिको स्थापना लगायतका सामाजिक क्रियाकलापहरुमा उल्लेखनिय भुमिका खेलेको कारण नेपाल अधिराज्यभरीबाट ९ जनालाई उक्त सम्मान प्रदान गरिएकोमा प्रदेश न.२ बाट डा.शाक्य सम्मानकालागि छनौट हुनु भएको हो ।


सम्मानले हौसला बढेको डा. शाक्यले बताउनु भयो । समाजिक सेवामालागिरहन यस्ता सम्मानहरुले अझै उर्जा संचार हुदो रहेछ डा.शाक्यले आफनो अनुभूती सुनाउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जनमत पार्टीमा चौधरी र डा.राउतलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइयो

जनकपुर । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा दुइजना मनोनित भएका छन् । यही ८ असारमा पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार राष्ट्रिय उपाध्यक्षमा दुइजनालाइ मनोनित गरिएको जनमत सचिवालयले जनाएको छ ।

मकवानपुरबाट एक हजार किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर ।  कैलाश गाउँपालिका–५ कटहरेबाट १ हजार ७४ किलो  गाँजासहित चार जना पक्राउ परेका छन् ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.