logo

जमिन्दारले राहत लिएपछि सर्लाहीको चक्रघट्टाका श्रमजीवी दलीतहरु सडकमा

      5/4/2020 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको


बीरगंज २३ बैशाख । 

जमिन्दारले राहतको लिएपछि भोकै भएका दैनीक ज्याला गर्ने खेतीहर मजदुरहरु लकडाउनको बेलामा पनि संघर्षमा उत्रिनु पर्ने अवस्था आएको छ ।

 

दिनभरि मजदुरी गरेर जीवीको पार्जन गर्ने अवस्थामा नागरिकलाई राहत दिने सरकारी नीति हो तर सर्लाहीमा जमिन्दारले राहत लिएका कारण श्रमजीवीहरु आहत भएका छन । 


जमिन्दारको र जनप्रतिनिधिको यो पारबाट आजित भएका  सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, चमार टोलका बासिन्दा संघर्षमा उत्रिएका हुन ।

 

जमिन्दारहरुलाई राहत दिईएको भन्दै विरोध सोमबार दिउँसो सदरमुकाम मलंगवामा विरोध प्रदर्शन सहित छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

 

जमिन्दारहरुलाई राहत सामग्री बाँडिएको  तर अति विपन्न अवस्था रहेको आफू सहित चमारटोलका कोही कसैले राहत नपाएकाले विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाईएको कैलाश रामले जानकारी दिनु भयो ।  

 

चक्रघट्टा गाउँपालिका–५ का वडाध्यक्ष नागेन्द्रप्रसाद साहले  दुई–तीन विगहासम्म जमिन भएकाहरुले पनि राहत पाएको बताउनु भयो ।

‘लकडाउन लम्बिदै गएकाले २–३ विगहा सम्म जमिन भएका परिवारलाई समेत अप्mठयारो पर्ने भएको हुँदा राहत दिईएको हो’, उनले भने, ‘५ कठ्ठा सम्मका लागि दिँदा १० कठ्ठावालाले मैले किन नपाउने भन्ने अनि उसलाई दिँदा १ विगहाबालाले मैले किन नपाउने भन्दै झगडा गर्ने गरेकाले २ विगहासम्म जमिन भएकालाई विपन्नै मानेर राहत सामग्री दिन बाध्य भईएको छ ।’ वडाध्यक्ष साहका अनुसार बढीमा ५५० घरधुरी रहेको उक्त वडामा ४७६ परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.