logo

नेपालबाट एक भारतीय युवाको अपहरणको आशंका ,अवस्था अज्ञात, प्रभावकारी अनुसन्धानकालागि परिवारको अपिल

 इसीमाना सम्वाददाता     २०७९ भदौ २ गते ०८: ४७ मा प्रकाशित     666   पटक पढिएको

भारत बिहारको अरेराज स्थायी घर भई धादिङ जिल्लामा रोजागारी गर्दै आएका भोला भनिने आयुश शर्मा एघार दिन देखी परिवारको सम्र्पकमा आएका छैनन ।

 

उनका साथी अरेराजकै राजन शर्मा संगै एघार दिन अघि नेपालबाट भारत बिहारको अरेराजस्थित घर गएका शर्मा सोही दिन देखी बेपत्ता भएको उनका मामा अशेस्वर शर्माले जानकारी दिए ।


भारतीय प्रहरीको अनुसन्धान अनुसार मध्यरातमा आयुश शर्माको फोन बज्यो त्यही फोन बजेपछि निस्केका शर्मा फर्किएर आएका छैनन । राजन शर्मा र मन्जय शर्माले आफनो भान्जाको हत्या भएको बताउने गरेको अशेश्वर शर्माले बताए । शर्माले राजन शर्मालाई आफनो भान्जाको अवस्था थाहा रहेको उनको भनाई छ ।

 

यस सम्बन्धमा भारतीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । आायुशलाई धार्दिङबाट राजनले लिएर गएकोले नेपाल प्रहरीले पनि घटनाको अनुसन्धान गर्नु पर्ने देखीन्छ ।

 

शर्माका अन्य आफन्तहरुमा पनि धादिङमै रहेका छन । भारतीय प्रहरीले आयुश शर्माको फोन सम्पर्क समाजिक संजाल मार्फत भएका वार्तालापहरुको बिस्तृत अनुसन्धान शुरु गरेको छ ।

 

यहीवीचमा अरेराज नजिकैको नदी किनारमा शव फेला परेको चर्चा चले पछि आयाुश शर्माको खोजीकार्य पनि तिब्र पारिएको मामा अशेस्वर शर्माले बताए ।

 

प्रहरीले राजन शर्मालाई अनुसन्धानकार्यमा आवश्यकता पर्न सक्ने भन्दै गाउँ नछोडन निर्देश गरेको थियो । अनुसन्धान चल्दै गर्दा बुधवार रातीबाट शर्मा सम्पर्क बाहिर छन । उनी भागेको हुन सक्ने अनुमान गर्न थालिएको छ ।

 

उनी भागे पछि आयुशको बारेमा उनीसंग सूचना छ भन्ने आरोपलाई बल पुगेको छ । आयुशका मामाले नेपाल तथा भारतका सुरक्षा निकायलाई आफनो भान्जाको अपरहण भएको र उनको अवस्था अज्ञात रहेको भन्दे खोजी कार्यलागि अपिल गरेका छन ।

राजन शर्माले आयुशलाई नेपालबाट अगस्त ९ तारिखका दिन लिएर गएका थिए । रक्सौल पुग्ने बित्तिकै आयुशको फोन नम्बरमा नवल सहनीको फोन आएको थियो । तिनै नवलको फोन राती पनि आएपछि शर्मा बेपत्ता भएको परिवारको भनाई छ ।

 

शर्माको मोवाईलमा उपलब्ध कल रेकर्डका आधारमा भारतीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो अनुसन्धानमा भारतीय प्रहरीले राजन शर्मालाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने आफन्तजनको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.