logo

नेपालबाट एक भारतीय युवाको अपहरणको आशंका ,अवस्था अज्ञात, प्रभावकारी अनुसन्धानकालागि परिवारको अपिल

 इसीमाना सम्वाददाता     २०७९ भदौ २ गते ०८: ४७ मा प्रकाशित     801   पटक पढिएको

भारत बिहारको अरेराज स्थायी घर भई धादिङ जिल्लामा रोजागारी गर्दै आएका भोला भनिने आयुश शर्मा एघार दिन देखी परिवारको सम्र्पकमा आएका छैनन ।

 

उनका साथी अरेराजकै राजन शर्मा संगै एघार दिन अघि नेपालबाट भारत बिहारको अरेराजस्थित घर गएका शर्मा सोही दिन देखी बेपत्ता भएको उनका मामा अशेस्वर शर्माले जानकारी दिए ।


भारतीय प्रहरीको अनुसन्धान अनुसार मध्यरातमा आयुश शर्माको फोन बज्यो त्यही फोन बजेपछि निस्केका शर्मा फर्किएर आएका छैनन । राजन शर्मा र मन्जय शर्माले आफनो भान्जाको हत्या भएको बताउने गरेको अशेश्वर शर्माले बताए । शर्माले राजन शर्मालाई आफनो भान्जाको अवस्था थाहा रहेको उनको भनाई छ ।

 

यस सम्बन्धमा भारतीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । आायुशलाई धार्दिङबाट राजनले लिएर गएकोले नेपाल प्रहरीले पनि घटनाको अनुसन्धान गर्नु पर्ने देखीन्छ ।

 

शर्माका अन्य आफन्तहरुमा पनि धादिङमै रहेका छन । भारतीय प्रहरीले आयुश शर्माको फोन सम्पर्क समाजिक संजाल मार्फत भएका वार्तालापहरुको बिस्तृत अनुसन्धान शुरु गरेको छ ।

 

यहीवीचमा अरेराज नजिकैको नदी किनारमा शव फेला परेको चर्चा चले पछि आयाुश शर्माको खोजीकार्य पनि तिब्र पारिएको मामा अशेस्वर शर्माले बताए ।

 

प्रहरीले राजन शर्मालाई अनुसन्धानकार्यमा आवश्यकता पर्न सक्ने भन्दै गाउँ नछोडन निर्देश गरेको थियो । अनुसन्धान चल्दै गर्दा बुधवार रातीबाट शर्मा सम्पर्क बाहिर छन । उनी भागेको हुन सक्ने अनुमान गर्न थालिएको छ ।

 

उनी भागे पछि आयुशको बारेमा उनीसंग सूचना छ भन्ने आरोपलाई बल पुगेको छ । आयुशका मामाले नेपाल तथा भारतका सुरक्षा निकायलाई आफनो भान्जाको अपरहण भएको र उनको अवस्था अज्ञात रहेको भन्दे खोजी कार्यलागि अपिल गरेका छन ।

राजन शर्माले आयुशलाई नेपालबाट अगस्त ९ तारिखका दिन लिएर गएका थिए । रक्सौल पुग्ने बित्तिकै आयुशको फोन नम्बरमा नवल सहनीको फोन आएको थियो । तिनै नवलको फोन राती पनि आएपछि शर्मा बेपत्ता भएको परिवारको भनाई छ ।

 

शर्माको मोवाईलमा उपलब्ध कल रेकर्डका आधारमा भारतीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । यो अनुसन्धानमा भारतीय प्रहरीले राजन शर्मालाई अनुसन्धानको दायरामा ल्याउनु पर्ने आफन्तजनको भनाई छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.