logo

कालोबजारीयाको मतियार बनेको जीसीनउसंघलाई कारवाही गर्न मंचको माँग,उजुरी दर्ता

      4/28/2020 गते 00 00 मा प्रकाशित     1787   पटक पढिएको

सीमरा १६ बैशाख ।
उपभोक्ता हिंत संरक्षण मंच जीतपुर सीमरा उपमहानगरपालिका कमिटीले जीतपुर सीमरा नगर उधोग वणिज्यसंघलाई कारवाहीको माँग गर्दै इलाका प्रशासन कार्यालय सीमरामा उजुरी दर्ता गराएको छ ।

 

जीतपुर सीमरा नगर उधोग वाणिज्यसंघले बैशाख १० गते किराना समानको नयाँ मूल्य सूची जारी जारी संघको त्यो कामले  नेपालको संविधान र कानुनको उल्लंघन गरेको छ ।

 

मूल्य निर्धारण गनेॅ अधिकार प्रत्येक जिल्लामा जिल्ला अधिकारीको  अध्यक्षतामा रहने कमिटीले मात्र  गर्न पाउछ । तर जीतपुर सीमरा नगर उधोग वाणिज्य संघले आफूनै प्रमुख जिल्ला अधिकारी भए झै मूल्य निर्धारण गर्नुले काला बजारीलाई संस्थागत गरेको छ ।

 

कानूनको खिल्ली उडाएर कलाबजारी गर्दा समेत सम्बन्धीत निकाय मौन बस्नु आफैमा उद्धेक लाग्दो  ।  
मंचका अध्यक्ष कमला अधिकारीले कालाबजारीको संस्थागत निर्णय गर्ने संघलाई कारवाही माँग गर्दै आज इलाका प्रशासन कार्यालय सीमरामा उजुरी दर्ता गराउनु भएको हो । 

 

संघले मूलय निर्धारण गरेर सूची सार्वजनीक गरेपछि ७५ रुपैया किलोमा पाइने चीनीको मूल्य जीतपुर सीमरा निकै बढेको छ ।  चामल लगायतका अन्य बस्तुको समेत मूलय बढेको छ ।

 

कोरोना संकटको महामारीको बेलामा समेत उपभोक्तालाई लुटन संघ संस्थागत रुपमा आउनुले सबै ब्यापारीलाई भ्रष्ट कलोबजारीको रुपमा स्थापित गरेको छ । 

 


संस्थागत रुपमा मूल्यसूची तोकेर जीतपुर सीमरा नगर उधोग बाणिज्य संघले कालोबजारीलाई संस्थागत गर्ने आँट काहा बाट पायो भन्ने यक्ष प्रश्न उब्जेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.