logo

कालोबजारीयाको मतियार बनेको जीसीनउसंघलाई कारवाही गर्न मंचको माँग,उजुरी दर्ता

      4/28/2020 गते 00 00 मा प्रकाशित     1534   पटक पढिएको

सीमरा १६ बैशाख ।
उपभोक्ता हिंत संरक्षण मंच जीतपुर सीमरा उपमहानगरपालिका कमिटीले जीतपुर सीमरा नगर उधोग वणिज्यसंघलाई कारवाहीको माँग गर्दै इलाका प्रशासन कार्यालय सीमरामा उजुरी दर्ता गराएको छ ।

 

जीतपुर सीमरा नगर उधोग वाणिज्यसंघले बैशाख १० गते किराना समानको नयाँ मूल्य सूची जारी जारी संघको त्यो कामले  नेपालको संविधान र कानुनको उल्लंघन गरेको छ ।

 

मूल्य निर्धारण गनेॅ अधिकार प्रत्येक जिल्लामा जिल्ला अधिकारीको  अध्यक्षतामा रहने कमिटीले मात्र  गर्न पाउछ । तर जीतपुर सीमरा नगर उधोग वाणिज्य संघले आफूनै प्रमुख जिल्ला अधिकारी भए झै मूल्य निर्धारण गर्नुले काला बजारीलाई संस्थागत गरेको छ ।

 

कानूनको खिल्ली उडाएर कलाबजारी गर्दा समेत सम्बन्धीत निकाय मौन बस्नु आफैमा उद्धेक लाग्दो  ।  
मंचका अध्यक्ष कमला अधिकारीले कालाबजारीको संस्थागत निर्णय गर्ने संघलाई कारवाही माँग गर्दै आज इलाका प्रशासन कार्यालय सीमरामा उजुरी दर्ता गराउनु भएको हो । 

 

संघले मूलय निर्धारण गरेर सूची सार्वजनीक गरेपछि ७५ रुपैया किलोमा पाइने चीनीको मूल्य जीतपुर सीमरा निकै बढेको छ ।  चामल लगायतका अन्य बस्तुको समेत मूलय बढेको छ ।

 

कोरोना संकटको महामारीको बेलामा समेत उपभोक्तालाई लुटन संघ संस्थागत रुपमा आउनुले सबै ब्यापारीलाई भ्रष्ट कलोबजारीको रुपमा स्थापित गरेको छ । 

 


संस्थागत रुपमा मूल्यसूची तोकेर जीतपुर सीमरा नगर उधोग बाणिज्य संघले कालोबजारीलाई संस्थागत गर्ने आँट काहा बाट पायो भन्ने यक्ष प्रश्न उब्जेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.