logo

रमजानको बेला घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगका अध्यक्षको आग्रह

      4/24/2020 गते 00 00 मा प्रकाशित     1211   पटक पढिएको


काठमाण्डौ  १२ बैशाख ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पवित्र महिना रमजानको बेला पनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको छ ।  कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहिले घरमै बसेर नमाज पढन उहाँले आग्रह गर्नुृ भएको हो  ।


भोलि (शनिबार)देखि पवित्र पर्व रमजान  शुरु हुन हुन्छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा बोल्दै आयोगका अध्यक्ष अन्सारीले कोरोनाको माहामारी बढ्दै गएको अवस्थामा मुस्लिम समुदायका व्यक्तिले मस्जिदमा नगइ घरमै बसेर नमाज पढ्न आग्रह गर्नु भएको हो।

 


‘मुस्लिम समुदायलाई मस्जिदमा नमाज नपढी घरमा नमाज पढ्न आग्रह गर्छु, भोलिदेखि रमजान पर्व शुरु हुँदै छ, रमजानको विशेष नमाज पनि घरमै बसेर पढ्न म आग्रह गर्न चाहन्छु,’ आयोगका अध्यक्ष अन्सारीले भन्नु भयो , ‘कोरोना भाइरस कुनै जात धर्मलाई लक्षित गरेर आउने होइन, त्यसलै गर्दा लकडाउनको पूर्ण पालना गर्नु हामी सबै नागरिकको दायित्व हो ।’

 

उहाँले उदयपुरमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि आयोगले सबै मस्जिदमा रहेका धर्मगुरुलाई पनि सुरक्षित भएर बस्न आग्रह गरेको बताउनु भयो  ।

 

उहाँले सबै मस्जिदमा रहेकाहरुको कोरोना  भाइरस परीक्षण गर्न लागेको भन्दै सबैलाई कोरोना परीक्षणमा सहभागी हुन पनि आग्रह गर्नु भयो ।

 

मुस्लिम जमातिमा कोरोना संक्रमण देखिए पछि धेरैले मुस्लिम समुदायले कोरोना ल्याएको भन्ने आरोप लगाइएको भन्दै उहाँले मुस्लिम जमातीमा देखिएको कोरोना संक्रमणबारे आफूहरु गम्भीर भएर त्यसको अनुसन्धानमा लागेको पनि बताउनु भयो  । उनले सबै मुस्लिम समुदायलाई मस्जिद र छिमेकीको घरमा नजान पनि आग्रह गर्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.