logo

सीमासंग जोडिएको छिपहरमाई गाउँपालिका शिल ,एक वार्डबाट अर्कोमा जान नपाइने

      4/14/2020 गते 00 00 मा प्रकाशित     1311   पटक पढिएको

बीरगंज २ बैशाख । 
छिपहरमाई गाउँपालिकाले  गाउँपालिकालाई शिल गर्ने निर्णय गरेको छ । सुरक्षा तथा जनप्रतिनिधिको आजको बैठकबाट यस्तो निर्णय गरिएको गाउापालिका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो ।

 

आजको निर्णय पछि छिपहरमाई गाउँपालिाका कोही प्रवेश गर्न पाउदैनन भने त्याहाबाट निस्कन पनि पाउदैनन । गाउँपालिका भित्र पनि अन्तरवार्डमा आउन जान नपाउने निर्णय भएको छ ।

 

छिपहरमाई गाउँपालिका पर्सा जिल्लाको पश्चिम दक्षीणी सीमा क्षेत्रको गाउँपालिका हो । जसको दुई तिर भारतसंग सीमा जोडिएको छ । छिपहरमाई गाउँपालिकाको निर्णय भारतबाट आउनेहरुलाई रोक्ने प्रति पनि केन्द्रीत रहेको छ ।


गाउँपालिका भरि ज्वारो क्लिनीक संचालन गर्ने समेत निर्णय भएको छ । गाउँपालिकाले पालिका भित्रका हरेक परिवारका सदस्यको स्क्रिनिङ गरि रेकर्ड राख्ने निर्णय भएको छ । 

 

पालिका शिल भएपछि अत्यावश्क औषधीको आपूर्तीलाई ब्यवस्थित बनाइने भएको छ । आवश्यक औषधीको बिवरण स्वास्थ्यकर्मी,प्रहरी र पालिका प्रहरीलाई उपलब्ध गराए ति सबै औषधीहरु पालिकाले उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । 


पालिकाले राहत बितरणको कामलाई निरन्तरता दिने जनाएको छ । पालिका भरिमा १ हजार ६ सय परिवारको पहिचान भएको छ ।

 

उनीहरुलाई दिदै आएको राहतलाई निरन्तरता दिने निर्णय भएको अध्यक्ष गुप्ताले बताउनु भयो । राहत पाउन छुटेका नामावली समेत संकलन गर्ने  र समस्यामा परेकाहरुलाई पालिकाले जारी गरेको दुइवटा मोवाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । ९८०९२७८०२७ ,९८४५३१०१७२ मोवाइल नम्बरलाई हेल्पलाईनको रुपमा प्रयोग गरिएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.