logo

श्री चित्रगुप्त अतिथि सदनको नव निर्मित भवन उद्घाटन

      11/6/2019 गते 00 00 मा प्रकाशित     2324   पटक पढिएको

बीरगंज २० कार्तिक ।
वीरगन्ज महानगरपालिकाको वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदनको नव निर्मित भवनको एक कार्यक्रमको वीच बुधबार उद्घाटन गरिएको छ ।

 

 पर्सा क्षेत्र नम्बर २ का सांसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको  उद्घाटन गर्नु भयो । उदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायिक भवनको निर्माणको साथै सामुदायिक हित, शिक्षा र समाजिक कुरुतीको बिरुद्ध  जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।

 

सो समारोहमा चित्रगुप्त कार्यकारिणी समितिका अध्यक्ष महेश दासले सामुदायिक हक हितको लागी भौतिक संरचना जरुरी रहेको र समुदायको हित एव सामाजिक कार्यगर्न भवन निर्माण सहयोगी हुने बताउनु भयो । सबा सात धुर जग्गामा करीब ४३ लाखको लागतमा चित्रगुप्त अतिथि सदनको निर्माण भएको सचिव रामबिहारी लाल दासले जानकारी दिनु भयो ।

 

प्राध्यापक डा.कुलानन्द लालदास श्री चित्रगुप्त सेवा समिति वडा नं. १ सिसोवारीका अध्यक्ष प्रभुनारायण कर्ण,चित्रास अतिथि सदन वडा न.३का अध्यक्ष ब्रजेश मल्लिक, प्राध्यापक डा.बासुदेव लाल कर्ण लगायतकाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

 


 कार्यक्रममा कार्यस्थ समाजको तर्फबाट संसद बिमल प्रसाद श्रीवास्तवलाई कदर पत्र सहित दोसल्ला लगाएर सम्मानित गरिएको थियो । कार्यक्रम श्री चित्रगुप्त अतिथि सदनका अध्यक्ष ब्रम्हदेव लाल दासको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.