logo

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै  बीरगंजमा अन्तराष्ट्रीय  दिवस मनाइयो  

      10/1/2019 गते 00 00 मा प्रकाशित     2036   पटक पढिएको

बीरगंज १४ असोज ।
अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अवसरमा बीरगंजमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । बीरगंजको होटेल मकालुमा आयोजना गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । 


अन्तराष्ट्रीय दिवसको अवसरमा “उमेरको कारण विभेद अन्त्य गरौँ ” भन्ने नाराका साथ आयोजना गरिउको कार्यक्रममा डा भरत गोइतले अल्जाइमर्स बारे कार्यपत्र प्रस्तुत गरेका थए ।

 ज्येष्ठ नागरिक बारे उधोगी गणेश लाठले  कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हिजो भन्दा आज वृद्धहरु प्रवृधि तर्फ आकर्षित हुदै गएको चर्चा गर्दै आजको पुस्ताले उनीहरुलाई प्रविधिको प्रयोग गर्ने तरिकाहरु  बताउनुपर्ने बताएका थिए । उनले फेसबुक, भिडियो कलिङ्ग लगायतको प्रयोग बारे स्पष्ट रुपमा बुझाई दिनुपर्ने बताएका थिए ।

 कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वृद्धहरुको अनुभवलाई लिएर हिड्न सके आजको पुस्ता सफल हुने बताए । उनले ज्येष्ठ नागरिकको सम्मानले समाजमा राम्रो परम्पराको थालनी हुने बताए  । उनले भविष्यमा ज्येष्ठ नागरिकको स्थानमा आफूहरु पनि पुग्ने कुराको हेक्का राख्दै  आमा बुवाको सम्मानमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने, वृद्धका अनुभव लिएर कुनैपनी योजना कार्यन्वयन गरे काम सफल हुने बताएका थिए ।


कार्यक्रममा विष्णुमाया दाहाल, निर्मला ठकुरी, रामरति कनुइन, विसुन पंडित कहार, पशुपति विक्रम शाह लगायतलाई नगद सहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर शान्ति कार्की, समाजसेवी उषा शाह, जुमादिन शेख हवारी, किशोरी गुप्ता लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.