logo

हावाहुरी पीडितलाई घरटहरा बनाईदिएका युवा संघको बिदाई 

      4/7/2019 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको

बारा, २५ चैत । चैत १७ गते आएको आँधीहुरीबाट पीडितहरुका लागि सहयोग गर्न आएका युव संघको टोलीलाई हिजो बिदाई गरिएको छ ।

बिनाशकारी आँधीहुरीले भत्काएका घर टहराहरु निर्माण गर्नका लागि युवा संघका अध्यक्ष रमेश पौडेलको नेतृत्वमा एकसय पचास जनाको केन्द्रीय टोली र विभिन्न पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लाका टोली गरी करिब एकहजार जनाले बाराको विभिन्न स्थानमा हावाहुरीले भत्काएका घरहरु निर्माण गर्न आएका थिए ।

उनीहरुलाई हिजो बाराको प्रसौनी गाउँपालिकाको खुटुवाबाट बिदाई गरेको हो । विदाई समरोमा बोल्दै युवा संघका अध्यक्ष रमेश पौडेलले विपदमा परेका नेपालीको सहयोग गर्न र साथ दिनु युवा संघको राजनीतिक संस्कार रहेको र पार्टीले पनि सोही अनुसार निर्देशन दिएकोले युवा संघको टोलीले बाराका हावाहुरी पीडितहरुलाई सहयोग गर्न आएको बताउनुभयो ।

उहाँले बारा र पर्सामा हावाहुरीले भौतिक तथा मानवीय क्षति पु¥याएकोले सिंगो देशलाई दुखेको भन्दै विपदको घडीमा सहयोग गर्न युवा संघ हरेक पल तयार रहेको बताउनुभयो । उहाँले पीडा सबैको समान हुने भएकोले यसलाई कुनै जातीय, वर्गीय, धार्मिक लगायतका कुनै भावना नहुने र सिंगो मानवीय भावनाले सहयोग गर्ने बताउनुभयो ।

युवा संघका प्रदेश २ का अध्यक्ष ध्रुव यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई, प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, नेकपाका युवा नेता एवं अखिल क्रान्तिकारीका केन्द्रीय सचिव उमेश कुश्वाहा, युवा संघ वीरगन्ज महानगरपालिकाका इन्चार्ज विक्रम आले,  लगायतको उपस्थिति रहेको थियो ।    

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.