logo

महायज्ञ सफल बनाउन वीरगन्जमा शोभा यात्रा, यज्ञमा सहभागी हुन सवैमा आमन्त्रण

      2/18/2019 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

वीरगन्ज ६ फागुन ।
वीरगन्जमा हुन लागेको अश्वमेध गायत्री महायज्ञ सफल बनाउन भव्य शोभा यात्रा निकालिएको छ ।

अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जका महिला समूहहरुले महायज्ञ सफल बनाउने उदेश्यले सोमबार वीरगन्जमा शोभा यात्रा निकालेका हुन । 


आर्दशनगरबाट निकालिएको शोभा यात्रा, माईस्थान, घण्टाघर  माईस्थान, २ नम्बर रोड हुदै लोहारपट्टी, गणेशमान चौक, विर्ता, अलखिया मठ भएर आर्दशनगर चौकमा स्थापना गरिएको कार्यालयमा पुगि समापन भएको थियो । 


शोभा यात्रामा गायत्री परिवारका करिब ३ सय महिलाहरुको सहभागिता रहेको थियो । सहभागि महिलाहरुले नेपाल आमा की जय, सत्य सनातन धर्म की जय, देव सांस्कृति की जय लगायत धार्मिक नारा लगाउँदै नेपाल मै पहिलो पल्ट हुन लागेको महायज्ञ सफल बनाउन नगरवासीलाई आहवान गरेका थिए । 


शोभा यात्रा समापनमा बोल्दै शान्तिकुज हरिद्धार भारतबाट आएकी ब्रहमवादणी टोलीकी नेतृ श्यामा राठौरले यज्ञले मानवलाई शान्ति एवं सद्भाव सिकाउँने भएकोले यसमा सहभागी हुन सवैमा अपिल गर्दै यज्ञले समाजलाई उच्च मानवीय आदर्शका निमित्त अघि बढ्न प्रेरित गर्ने बताईन । 


उनले परमार्थ, आत्मसंयम, दान, सद्भावना आदि मूल्यहरुलाई दैनिक जीवनमा आत्मसात् गर्नु नै यज्ञको मुख्य उदेश्य रहेको बताईन । अहंकारलाई त्याग गरी शरीर, मन तथा आत्मालाई ईश्वरीय प्रयोजनामा समर्पित गरिदिनु नै यज्ञ भएको उनले भनिन, शास्त्रले भगवानलाई यज्ञ—पुरुषको रुपमा परिभाषित गरेको छन, जसरी समिधा अग्निमा विलय भई अग्निमा रुपान्तरित हुन्छ त्यसरी नै यज्ञ गर्ने साधकको जीवन पनि यज्ञमय हुन्छ । 
यही फागुन १९ गतेदेखि २२ गने सम्म वीरगन्जमा हुने महायज्ञमा करिब ६—७ लाख श्रद्धालुहरुको सहभागिता रहने छ ।

महायज्ञमा सहभागि हुन आउने विदेशीहरुलाई स्वागत गर्न भव्य तयारी भईरहेको शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताए । राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नै नेपालमा अश्वमेध गायत्री महायज्ञको आयोजना गर्न लागिएकोले देश विदेश गरी करिब ६ देखि ७ लाख सम्मको श्रद्धालुहरुको सहभागिता हुने अनुमान गरिएको बताए । 


महायज्ञको उदघाटन राष्ट्रपति विद्यादेखि भण्डारीले गर्ने तय भएको छ ।  पुर्णहुति(समापन) प्रधानमन्त्री केपी शमर्मा ओलीको सहभागिता रहने प्रमुख सरावगीले बताए  । २ करोड भन्दा बढीको लागतमा हुन लागेको यज्ञमा सहभागि हुनेलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माणको तयारी भईरहेको छ । 
यज्ञमा दैनिक ६० हजार व्यक्तिले हवन गर्न सकिने सम्पूर्ण व्यवस्था मिलाइएको छ, उनले भने, यज्ञमा सहभागि हुन आउने भारतीय एव अन्य देशबाट पाल्नु हुने पर्यटकको लागि निशुल्क खाना र बस्ने सुविधा मिलाईएको छ ।

आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने छ ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण समेत दिने कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.