logo

पत्रकार दियालीमाथि आक्रमण महासंघद्वारा दोषीलाई कारवाहीको माँग

      2/12/2019 गते 00 00 मा प्रकाशित     1144   पटक पढिएको

नवलपुर, २९ माघ । 
 सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि मंगलवार आक्रमण भएको छ । सर्लाहीको हरिवन नगरपालीकाको सुके पोखरीस्थित चतुरभुजेश्वर मन्दिरको पश्चिम पट्टि रहेको चिया पसलमा दियालीमाथि आक्रमण भएको हो ।

 

रेडियो सर्लाहीबाट डेढ किलोमिटर पर आफुलाई हरिवन नगरपालीका ११ बालगंगाका इमरान खानले बिहान ११ बजे चिया खान  बोलाएको  र खान आफुसंग परिचित व्यक्ति भएको कारण बोलाए पछि चिया खान गएको बेला एक समुहले आक्रमण गरेको उनले बताएका छन ।

 

चिया खाईरहेकै समय उनीमाथि २ जना नकाबधारी व्यक्तिले आक्रमण गरेका थिए । कुटपिट पछि घाईते दियालीलाई खानलेनै अस्पताल पुर्याएका थिए । उनकोे आँखा, मुख र टाउकोमा गम्भिर चोट लागेको छ । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा समान्य पछि थप उपचारका लागि काठमाण्डौं लगिएको परिवारले जनाएको छ । खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


जिल्ला प्रहरी कार्यलय सलार्हीले उनी माथी अनुसंधान भैरहेको र अन्य फरार रहेका २ जनाको खोजी भैरहेको जनाएको छ । तर प्रहरीले समाचारको बिषयलाई लिएर कुटपिट भएको हो वा अन्य कारणले हो खुल्न नसकेको जनाइएको छ । 

 


यता दियाली माथि भएको सांघातिक हमला र निर्मम कुटपिट निन्दनीय भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ ।शाखा अध्यक्ष बिश्वनाथ ठाकुरले एक बिज्ञप्ति जारी गरि  दोषीमाथी कारबाही र पीडितलाई न्यायसहितको क्षतीपुर्तिका लागि जोडदार माग गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.