logo

धनुुषामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

      2/12/2019 गते 00 00 मा प्रकाशित     1250   पटक पढिएको

जनकपुरधाम, २९ माघ । धनुषा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन ।

कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री यादवले आर्थिक अभावका कारण उपचउनले थपे । प्राथमिक उपचार प्रत्येक नागरिकले अधिकारको रुपमा पाउने तयारी रहेको उनले जानकारी दिए  ।स्वास्थ्य बीमाले परिबारमा स्वास्थ्यको चिन्ता नहुने जिकिर उनले गरे ।

नेपाल जस्तो अल्पविकसित मुलुकमा स्वास्थ्य बीमा लागू गर्न चुनौती रहेको बताउँदै उनले यसमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउन मन्त्री यादवले मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह समेत गरे ।स्वास्थ्य बीमा बारे जनमानसमा रहेको भ्रम हटाउनमा सहयोगको लागि संचारकर्मीहरुलाई आग्रह गरे ।

पाँच जना सदस्य रहेको परिवारले दुई हजार पाँच सय रुपैयाँ प्रिमियर बुझाएर स्वास्थ्य बीमा गराउन सक्ने भएको छ । बीमा गराएको परिवारले वर्षमा पचास हजार बराबरको स्वास्थ्य जाँच, औषधी, उपचार लगायतको सुविधा लिन सक्ने छन् ।सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आर्थिक अवस्था कमजोर रहेको परिवारको लागि स्वास्थ्य बीमा कार्यक्रम उपयोगी हुने धारणा राखे ।प्रदेश २ को जिल्लाहरुमा लागु हुन लागेको स्वास्थ्य बीमा कार्यक्रमले यहाँको जनता लाभान्वित हुने विश्वास उनले बिश्वास ब्यक्त गरे ।

प्रदेशमा राम्रो कामको थालनी भएको छ, उनले भने भने–यसबाट प्रदेशका जनता लाभान्वित हुन्छन् ।मानवीय विकास सुचकांकमा पछि परेको प्रदेश २ मा यो कार्यक्रमले नयाँ आयाम थपिने विश्वास उनले ब्यक्त गरे ।स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उमाशंकर प्रसादको अध्यक्षतामा भएको नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्वारा धनुषा जिल्लामा संचालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सदस्यता दर्ता शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीले ३६ जिल्लामा यो कार्यक्रम लागु भएको बताउनुभयो ।

जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र पुर्व राज्यमन्त्री रामसिंह यादवलाई स्वास्थ्य बीमा सदस्यता वितरण गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सर्लाहीमा छुट्टा छुट्टै  दुर्घटनामा दुईजनाको ज्यान गयो

मलंगवा । सर्लाहीकोे बिभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।  मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.