logo

वीरगन्जमा आजदेखि दुईदिने शैक्षिक परामर्श मेला शुरु 

      2/12/2019 गते 00 00 मा प्रकाशित     1186   पटक पढिएको

बीरगंज २९ माघ । 
वीरगन्जमा आजदेखि दुईदिने शैक्षिक परामर्श मेला शुरु भएको छ । वीरगन्जको नगरसभा गृहमा शुरु भएको मेलाको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उदघाटन गरे ।

 

उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि आयोजना गरिएको शैक्षिक परामर्श मेलामा देशभरका विभिन्न उत्कृष्ट कलेजहरुको स्टल राखिएको छ ।

 

एजुकेशन डटकमले आयोजना गरेको दुईदिने परामर्श मेलामा वीरगन्ज क्षेत्रको मात्रै नभई बारा र रौतहटका विद्यार्थीहरुले पनि उच्च शिक्षा अध्ययन हुने नेपालका उत्कृष्ट कलेजहरुको बारेमा जानकारी लिन सक्ने आयोजक समितिका सदस्य तारामन रावलले जानकारी दिए ।

 

नेपालमा उच्च शिक्षाका लागि उत्कृष्ट र गुणस्तरीय कलेजहरु भएपनि पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशिने युवायुवतीहरुको संख्यमा वृद्धि भईरहेकोले नेपालमै पनि उच्च शिक्षा अध्ययनका लागि कलेजहरु छन् भन्ने जानकारी गराउन मेलाको आयोजना गरिएको मेला आयोजक समितिका अध्यक्ष जीवन कुमार लामाले बताए ।

 

मेलाको उदघाटन सत्रमा बीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डा.दिपक शाक्य, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी .लामिछाने लगायतको  सहभागिता रहेको थियो । शैक्षिक परामर्श मेला भोली सम्म संचालन हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.