logo

युवाहरुलाई शान्ति र सृजनाको बाहक बन्न अपिल

      8/12/2018 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

बीरगंज २७ साउन ।
सामाजिक बिकास समन्वय समितिको आयोजनामा १९ औ अन्तराष्ट्रीय युवादिसव भब्यता पूर्वक मनाइएको छ । 
समितिका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले आजको युवाहरुको भूमिका,अवसर र चुनौतीको बारेमा प्रकाश पारेका थिए । 


नेपालका सबै परिर्वतनमा युवाहरुको उल्लेख्य भूमिका भएपनि मुलुकमै उद्यम गर्ने वतावरण नपाएर युवाहरु निराश भएको भन्दै  वक्ताहरुले चिन्ता ब्यक्त गरेका थिए । 


कार्यक्रममा वक्ताहरुले आजको युवापुस्ताले फराकिलो ढंगले सोच्ने र त्यो सोचाईलाई सदैव सकारात्मक बनाउन आवश्यक रहेकोमा जोड दिए ।

उनीहरुले समाजमा श्रम गर्नेलाई सम्मान गर्ने संस्कृतिको बिकास गर्न सकियो भने उद्यमशिलाता बढ्नेमा वक्ताहरुले जोड दिए ।

स्थानीय सीप,स्रोत साधन र ज्ञानको उपयोगले पनि राम्रो अवस्था निर्माण हुनेमा वक्ताहरुले बिश्वास ब्यक्त गरे । युएनडीपीको सहायोगमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले युवाहरुलाई शान्ति र सृजनाको सम्वाहक बन्नु पर्नेमा जोड दिए । 


कार्यक्रममा प्राध्यापक डा.दिपक शाक्य,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बिद्यार्थी नेता प्रभाकर गुप्ता, युवा अभियान्ता सरोज चौरसिया पत्रकार महिला समाजका अध्यक्ष लक्ष्मी खरेल युवा नेता सन्तोष गुप्ता  बिद्यार्थी नेता शिवजी गुप्ता लगायतले कार्यक्रममा मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन जय नारायण चौधरीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.