logo

भोजपुरी टाइम्स दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न

      8/8/2018 गते 00 00 मा प्रकाशित     1755   पटक पढिएको

वीरगंज २३ साउन ।
बीरगंजबाट प्रकाशन भइरहेको भोजपुरी टाइम्सले आफनो चौथो वार्षिकोत्सव मनाएको छ  । बीरगंजमा आज सम्पन्न कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य मन्जुर अन्सारी र प्रहलाद गिरीले कार्यक्रमको उद्धघाटन गरेका थिए ।

 

उनीहरुले भोजपुरी टाइम्सले भोजपुरी भाषाको बिकास र संस्कृतिको संरक्षणमा योगदान पु¥याएकोमा प्रशंसा गरे । 
कार्यक्रममा वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले  भोजपुरी भाषा, कला, साहित्य, संस्कृतिसँग आफु जनमेदेखि नै जोडिएकोले यसको समग्र विकासको लागि आर्थिक, सामाजिक हरेक दृष्टिकोणले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुले पर्सा जिल्लाबाट प्रकाशित भोजपुरी टाइम्स दैनिक पत्रिकाको उत्थानको लागि कार्यालयबाट हुन सक्ने जस्तोसुकै सहयोग पनि गर्न पछि नपर्ने बताए ।

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा , पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन, नेपाल परिवार दल पर्साका अध्यक्ष पलटन पटेल, सामाजिक अभियान्ता ओमप्रकाश सर्राफ, इश्वर यादव, शेख मुन्ना, समसेद अख्तर, आर.सी. यादव, सरोज चौरसिया लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । 


पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका संवाददाता, लेखक, साहित्यकार, सहयोगी लगायतलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

 

सो अवसरमा वीरगंज महानगरपालिका वडा नं. २४ अठराहा सुगौलीका ५० वर्षिय अपाङ्ग चन्द्रावती देवीलाई ह्विल चेयर प्रदान गर्नुका साथै उनका छोरा शिवसंकर पटेललाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । ओमप्रकाश गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनतव्य कार्यकारी सम्पादक श्रवण प्रसाद साहले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.